बुधबार, बैशाख १९, २०८१

महानगरपालिकाद्वारा संयुक्त आवास बनाउने योजना स्वीकृत

काठमाडौ आषाढ २४,  गत वर्ष वैशाख १२, १३, २९ मा गएको विनासकारी भूकम्प र त्यसपछिका श्रृखलावद्ध परकम्पका कारण काठमाडौ महानगरपालिका वडा नं १८ किलागका भित्री चोकमा थुप्रै घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको र दाजुभाइको अंशवण्डाबाट स–साना टुक्रामा 20160708054043_samyukta awasविभाजित भई जोडिएका घर आफू खुसी बनाउन सक्ने अवस्था नभएपछि स्थानीयवासीकै पहलमा प्रस्ताव गरिएको भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ ।

महानगरपालिकको स्वीकृतिपछि आज काठमाडौ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीलाइ घररजग्गा अधिग्रहणका लागि ५४ घर परिवारले संयुक्त निवेदन बुझाईएका छन ।  घर जग्गा अधिग्रहण भएपछि बढीमा तीन वर्षभित्र उपभोक्ताहरुलाई अपार्टमेन्ट उपभोगका लागि हस्तान्तरण गरिने योजना छ । त्यस्तै योजना सञ्चालनका लागि प्राधिकरण, महानगरपालिका र स्थानीय वासिन्दाको एक व्यवस्थापन समिति गठन गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।