बुधबार, बैशाख १९, २०८१

निर्वाचन आयुक्तमा डा यादवको नाम अनुमोदन

काठमाडौ आषाढ २४, संसदीय सुनुवाइ विशेष समितिको आज बसेको बैठकले प्रमुख निर्वाचन आयोगमा कार्यबाहक प्रमुख आयुक्तको Ayodhiprashad-Yadavजिम्मेवारी निर्वाह गर्दै आउनु भएको डा अयोधिप्रसाद यादवको नाम प्रमुख आयुक्तका लागि अनुमोदन गरेको छ  सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा आज बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उहाँको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

यसअघि समितिका सदस्य चीनकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, चित्रलेखा यादव, डा प्रकाशशरण महत, आनन्दप्रसाद ढुङ्गाना, गणेशमान गुरुङलगायतले डा अयोधिप्रसाद यादवलाइ गर्नु भएको प्रश्नको जवाफ दिदै आगामी मङ्सिर महिनामा स्थानीय तहको निर्वाचनका लागि श्रावण रमा सम्पूर्ण पूर्वाधारको व्यवस्थाका साथै स्थानीय तह निर्वाचनसम्बन्धी ऐन पारित भए आयोग निर्वाचन गराउन तयार रहेको बताउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु