सोमवार, बैशाख २४, २०८१

बोलबम..बोलबम…….

काठमाडौ श्रावण १०,  प्रत्येक वर्ष श्रावणको सोमबार वाग्मतीको शिरोभाग सुन्दरीजलस्थित नदी किनारबाट शुद्ध जल पशुपतिनाथमा चढाउने मेला अर्थात बोलबम मेला सुरु भएको छ । श्रावण महिना र सोमबार भगवान् शिवको प्रिय महिना र दिन भएकाले यस दिन बोलबम यात्रा गरी सुन्दरीजलको शुद्ध जल पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा अर्पण गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।