बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा दिएकोऔपचारिक घोषणा

काठमाडौ श्रावण ९, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।
151010090153_kp_oli_640x360_rawjendrakc_nocreditसंसदमा सत्तासाझेदार माओवादीकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले संसद फेस गर्ने बताउँदै आए पनि संसदमा आफ्ना अविस्वासको प्रस्ताव उपर जवाफ दिनुअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । त्यसपछि संसदमा अविस्वासको प्रस्ताव उपर भावुक मुद्धामा जवाफ दिदै प्रधानमन्त्रीले राजीनामाको औपचारिक घोषणा गर्नु भएको हो ।

त्यस्तै सम्बोधनको क्रममा प्रम ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न भएको मन्त्रिपरिषद् बैठकबाट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको जानकारी दिदै नेपालको संविधानमा एकपटक सरकार गठन भइसकेपछि पुनः अर्को सरकार गठनसम्बन्धी व्यवस्था नभएकाले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्न सिफारिस गरेको जनाउ दिनु भएको छ।

प्रधानमन्त्री के.पी. ओली नेपालको ३८ औं प्रधानमन्त्री हुनुहुन्छ । व्यबस्थापिका संसदबाट उहाँ २०७२ साल असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो ।