बिहिबार, बैशाख २०, २०८१

राजीनामासंगै ओली सरकार आजैदेखि कामचलाउमा परिणत

काठमाडौं श्रावण ९, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आइतबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी समक्ष आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क०) 3बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनु भएपछि ओली नेतृत्वको सरकार कामचलाउ भएको छ ।

यसैवीच  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री पदबाट  दिनु भएको  लिखित  राजीनामा  स्वीकृत  गर्दै   राष्ट्रपति विद्यादेवी भण्डारीले अर्को मन्त्रिपरिषद गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहने जनाउ दिदै वर्तमान मन्त्रिपरिषद्‌द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवंम मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालय शितलनिवासका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।