शुक्रबार, बैशाख २१, २०८१

अपारदर्शी र प्रक्रिया खारेजीको माग गर्दै नेबि संघका नेताहरु अनसनमा

काठमाडौं श्रावण ९, तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन हुँने संभावना न्यून भएको भन्दै महाधिवेशनको सुनिश्चितताको माग गर्दै नेवि संघ नेताहरुले पार्टी केन्द्रीय मुख्यालयमा सानेपामा आजबाट रिले अनशन Capture1सुरु गरेका छन् ।  संघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा सुरु गरेको रिले अनशनमा ११ जना विधार्थी नेताहरु क्रमस कुन्दनराज काफ्ले युवराज पाण्डेय कृष्ण कुमारी बस्नेत जित शेरचन गणेश सापकोटा सुदिप शर्मा निभा गिरि दुजाङ शेर्पा चक्र गुरुङ सञ्जिव शाह धर्मदेव फुलाराको सहभागिता रहेको छ ।

रिले अनशनमा सहभागी नेताहरुका अनुसार नेवि संघमा जारी विवाद समाधानका लागि गठित ७ सदस्यीय कार्यदलले विधिसम्मत तथा प्रक्रियागत रुपमा नेतृत्व तथा प्रतिनिधि चयन प्रक्रिया विधिवत् रुपमा हुनुपर्नेमा यसको ठिक विपरित अपारदर्शी र प्रक्रिया विपरित प्रतिनिधि भागवण्डा र बाँडफाँड गरिएको जनाउँदै संघको महाधिवेशन तोकिएकै समयमा विधिवत् रुपमा सम्पन्न गर्न र नेवि संघको विधि र विधान विपरित भागवण्डा गरिएका अपारदर्शी र प्रक्रिया खारेजीको माग गरिएको छ ।
८ औं पटक सम्म घोषणा गरी स्थगित हुँदै आएको र हुन नसकेको नेवि संघ महाधिवेशन पटक पटक महाधिवेशनको मिति घोषणा गर्दै पार्टी नेतृत्वको दवाबमा स्थगन हुँदै आएको अवस्थाका कारण आगामी श्रावण २३ देखि २५ सम्म महाधिवेशनको मिति र स्थान घोषणा गरेको छ ।