शनिबार, बैशाख २२, २०८१

घरजग्गा कर वृद्धिको विरोध गर्दै कार्यकारिणी अधिकृत तामाङलाई ज्ञापन

काठमाडौ आषाढ २९ ,  नेवाः ऐक्यबद्धता समूहले काठमाडौँ महानगरपालिकाले हालै वृद्धि गरेको ३०० प्रतिशतभन्दा बढी घरजग्गा करको 12822054_1200424139987480_1106246639_nविरोधमा आज महानगरपालिकाको कार्यालयमा एक घण्टा धर्ना सहित कार्यकारिणी अधिकृत रुद्र सिंह तामाङलाई ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै ज्ञापनपत्र बुझ्दै कार्यकारिणी अधिकृत तामाङले वृद्धि गरेको घरजग्गा कर महानगरपालिकाले नभइ अर्थ मन्त्रालयको निर्णयअनुसार भएको जनाउ दिदै सम्बन्धित निकायमा जानकारी गराइने प्रतिवद्धता व्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
धर्नामा महानगरपालिकाका पूर्व जनप्रतिनिधि सहित उल्लेख्यरुपमा महानगरवासीको सहभागिता रहेको थियो ।