बिहिबार, बैशाख २०, २०८१

श्रावण ४ बाट उपत्यकाका भूकम्प प्रभावित घरको सर्वेक्षण गरिने

काठमाडौं आषाढ ३०, केन्द्रीय तथ्याङ्क विभागले बुधवारबाट गत वर्षको बैशाख १२ गते गएको भूकम्पबाट पूर्णरुपमा क्षति भएका काठमाडौ, भक्तपुर र ललितपुरका घरको सर्वेक्षणका लागि ४५० इन्जिनियरलाई तालिम दिन सुरु गरेकोे छ ।

 Tathyanka-bibhagयसरी तालिम लिएका दुइसय इन्जिनियरले श्रावण ४ गतेदेखि उपत्यकाका भूकम्प प्रभावित सबै क्षेत्रमा सर्वेक्षण सुरु गराउँने विभागको तयारी रहेको प्राप्त समाचार उल्लेख गरिएको छ । त्यस्तै सर्वेक्षण टोलीले उपत्यकाका सम्बन्धित नगरपालिका वा गाविसले भूकम्प प्रभावित भनी सूची तयार पारेर प्रमाणित गरी पठाएका घरको सूची तयार गरिने विभागले जनाएको छ ।

यसअघि विभागले भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोट गरी ११ जिल्लाको सर्वेक्षण सकी प्रतिवेदन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बुझाइसकेको समाचार जनाईएको छ ।