शुक्रबार, जेष्ठ ४, २०८१

इटालीलाइ टाईब्रेकरमा पराजित गर्दै जर्मनी युरोकपको सेमिफाइनलमा

आज आयोजक फ्रान्स र आईसल्याण्ड प्रतिस्पर्धा हुदै

काठमाडौं आषाढ १९, जर्मनी युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतिस्प्रधी इटालीसंगको खेलमा निर्धारित र अत्तिरिक्त Captureसमय एक एकको बराबरीमा सकिएपछि टाईब्रेकरमार्फत खेलको निर्णय गरिएको थियो । जसमा जर्मनी ६–५ को गोल अन्तरमा ले विजेता बनेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोश्रो हाफको २० औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए तर खेलको ७८ औं मिनेटमा डिबक्समा जर्मनी डिफेन्डरले हेण्ड गरेपछि पाएको पेनाल्टि सदुपयोग गर्दै इटालीले खेल बराबरीमा ल्याएको थियो ।

सेमिफाईनलमा जर्मनीले आज राती हुने अन्तिम क्वाटरफाईनलको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाईनलमा आज आयोजक फ्रान्स र आईसल्याण्ड प्रतिस्पर्धा हुदै छ ।