बिहिबार, बैशाख २०, २०८१

आजबाट सनराइजद्दारा एकीकृत वित्तीय कारोवार प्रारम्भ

एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी रु. करिव ४ अर्व, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप रु. ५० अर्व, तथा कूल कर्जा रु. ४३ अर्व

काठमाडौं आषाढ ३०,  सनराइज बैकले नारायणी नेशनल फाइनान्स लि. लाई प्राप्त (एक्विजिसन) गरि आजबाट विधिवत एकीकृत वित्तीय कारोवार प्रारम्भ गरेको छ । बैकले आज राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबि नेपालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्दै एकीकृत वित्तीय कारोवारको सुभारम्भ गरेको हो ।  एकीकृत वित्तीय कारोवारको सुभारम्भ कार्यक्रममा नारायणी नेशनल फाइनान्स का अध्यक्ष लक्ष्मीदास मानन्धरले नारायणी नेशनल फाइनान्स लिको दर्ता प्रमाणपत्र सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड लाई हस्तान्तरण गर्नु भएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा नारायणी नेशनल फाइनान्स का १४ वटा शाखा कार्यालयमा समेत यस किसिमको छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि एकीकृत कारोबारको शुभारम्भ गरिएको उल्लेख गरिएको छ ।

3[1]कार्यक्रमको  गभर्नर डा. नेपालले सनराइज बैंकले नारायणी नेशनल फाइनान्स लाइ प्राप्त गरि एकीकृत कारोवार शुरु गरेकोमा शुभकामना दिदै प्रस्तुत एकीकरणबाट सन्राइज बैंक थप सशक्त भई आफ्ना ग्राहक तथा शेयरधनीहरु लाई अझ बढी सेवा सुविधा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा सनराइज बैंकका अध्यक्ष श्री मोतीलाल दुगडले नारायणी नेशनल जस्तो उत्कृष्ट फाइनान्स कम्पनीलाई एकीकरणसंगै बैंकको चुक्ता पूँजी करिब रु. ४ अर्व पुगेको तथा नेपाल राष्ट्र बैंकले तोकेको रु. ८ अर्वको चुक्ता पूँजी तोकिएको समयावधि भित्रै पूरा गर्ने जानकारी दिनु भएको थियो ।  त्यस्तै नारायणी नेशनल फाइनान्सका अध्यक्ष लक्ष्मीदास मानन्धरले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी अहिल्यै पुगि सकेको भएता पनि फाइनान्सको सानो दायरामा बस्नु भन्दा सनराइज बैंक जस्तो सबल “क” वर्गको संस्था संग समाहित भइ ठूलाठूला परियोजनामा लगानि विस्तार गर्न सक्ने बैंकको रुपमा स्थापित हुन पाएकोमा आफ्ना सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधनीहरु खुशी रहेको जानकारी दिदै बैंकको उत्तरोत्तर प्रगति गर्न सकोस भनी शुभकामना दिनुभएको थियो ।
सोहि अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नारायणी नेशनलका सम्पूर्ण कर्मचारी, ग्राहकवर्ग तथा शेयरधर्नीहरुलाइ “क” वर्गको बैंक सन्राइज बैंकमा स्वागत गर्दै सन्राइज बैंकलाइ आगामि पाँच वर्ष भित्र ठूला दश बैंकभित्र पार्ने गरि YOU & US – Together We Can Build भन्ने दूरदृष्टि तथा “हामी संग संगै” भन्ने हातेमालोको सिद्धान्त अंगिकार गरि अघि बढिरहेको अवस्थामा एकीकरणको सिनर्जी प्रभावले होस्टेमा हैसेको काम गर्ने विश्वास व्यक्त गर्नु भएको थियो । एकीकरण पश्चात् बैंकको चुक्ता पूँजी रु. करिव ४ अर्व, ६७ शाखा, ६९ एटिएम, सहित निक्षेप रु. ५० अर्व, तथा कूल कर्जा रु. ४३ अर्व पुगेको बैंकले जनाएको छ ।