शनिबार, बैशाख २२, २०८१

आगामी आव देखि नक्सापास अनलाइबाट मात्रै

काठमाडौं आषाढ २९, काठमाडौं महानगरपालिकाले आगामी आव देखि कामपाका ३५ वटै वडामा   इबीपीएस प्रणाली मार्फत  अनलाइन बाट नक्सा पास गर्ने पद्धतिको सुभारम्भ गर्ने तयारी गरेको छ । यसअघि १९ वटा वडामा अनलाइबाटै नक्सा पासको व्यवस्था anup_20151206_6गरिएको थियो ।  महानगरको यो निणर्य संगै अव एकातर्फ हार्डकपी बोकेर महानगर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ भने अर्को तर्फ अनलाइनबाटै नक्सा पास गर्दा भवनसंहिता पालना हुने र नक्सा बनाउने प्रक्रिया आफैमा पारदर्शी हुने महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताउँनु भएको छ ।

के हो ?  इ. बी. पी.एस :  इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने प्रणाली हो ।  महानगरबाट   नक्सा डिजाइनकोलागि      युजर नेम र पासवर्ड सहित  इजाजत प्राप्त  झन्डै ४ सय व्यक्ति वा कन्सल्टेन्टले आवश्यक पूर्वाधार तयार गर्दै डिजाइन डेस्कबाट  सबैभन्दा पहिले  व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ । यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापी नक्सा सम्बन्धी विवरण भर्नु पर्छ त्यस्तै वाइलज र विल्डिङ् कोड सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नु पर्दछ ।

विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिष्ट्रेसन डेक्समा सेन्ड गर्छ । रजिष्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छ । नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछ भने विवरण सही भए टेक्निकल डेक्स वान मा पठाउँछ । जहाँ विल्डिङ् वाइलजको परीक्षण हुन्छ । टेक्निकल डेक्स वानमा विवरण ठीक भए त्यसलाई टेक्निकल डेक्स टु मा पठाइन्छ जहाँ विल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ ।  डिजाइनरले विवरण भर्दा विल्डिङ् कोड र विल्डिङ् वाइलज विपरीत भरेको भए सफ्टवेयरले गलत डिजाइनमा रातो अर्थात् फल्टि डाटा देखाउँछ । यी दुवै प्राविधिक पक्षबाट नक्सा पास प्रक्रिया अघि बढेपछि एक्ज्युकेटिभ वानकोमा फाइल पुग्छ । त्यहाँ विवरणको ओभरअल विश्लेषण गरिन्छ । त्यहाँबाट पास भइसकेपछि डाटालाई राजस्व विभागमा राजस्व दाखिलाका लागि पठाइन्छ ।

राजस्वबाट फाइल वडा कार्यालयमा जान्छ । वडाले साँध सँधियारसँगको सम्बन्ध वुझ्न १५ दिने सूचना प्रकाशित गर्छ । १६ औं दिनमा सर्जमिन गरी मुचुल्का तयार गर्छ । त्यसपछि बस्तुगतस्थितिमा सर्जमिन तथा मुचुल्काको विवरणसहितको डाटा महानगरको केन्द्रमा रहेको रजिष्ट्रेसन डेक्समा पठाउँछ । त्यसलाई रजिष्ट्रेसन डेक्सले एक्ज्युकेटिभ वानकोमा पठाइदिन्छ । एक्ज्युकेटिभ वानले भवनका विषयमा प्राप्त भएका सूचनाको अध्ययन तथा विश्लेषण गरी डिपिसिसम्मको प्रमाण पत्र जारी गर्छ ।   डिपिसिसम्मको निर्माण सम्पन्न भइसकेपछि डिजाइनरले दिएको निवेदनका आधारमा टेक्निकल डेक्स वान र टुको संयुक्त सहभागितामा स्थलगत निरीक्षण, अध्ययन अवलोकन हुन्छ । यसरी गरिएको अध्ययनबाट प्राप्त रिपोर्ट अपलोड गरी ती डाटालाई रजिष्ट्रेसन डेक्समा पठाइन्छ । रजिष्ट्रेसन डेक्सले डाटालाई एक्ज्युकेटिभकोमा फरवार्ड गर्छ । एक्ज्युकेटिभको डेक्सबाट भवन निर्माणको आवश्यकता र विद्यमान कानुनी व्यवस्थाको पालना विश्लेषण जारी गरी भवन निर्माण स्वीकृति प्रदान गर्छ ।  संयुक्त राष्ट्रसंघीय निकाय यूएनडीपीको सहयोगमा महानगरले सुरु गरेको यो कार्यक्रमले सरकारले लागू गरेको भवनसंहिता पूर्ण पालना गर्न हुनुको अलावा सानातिना गल्ती भएछ, होस् न त पास गरिदिउँ भन्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने महानगरको दावी रहेको छ ।