शनिबार, बैशाख २२, २०८१

प्रभातफेरी सहित आदिकवि भानुभक्त अचार्याको शालिकमा माल्यर्णप

काठमाडौं आषाढ २९ , नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त अचार्याको योगदानको स्मरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा रहेको उहाँको पूर्णकदको शालिकमा र नेपाली शिक्षा परिषद्ले आजै बिहान दरवार हाइस्कुल परिषरमा रहेको भानुको अर्धकदको शालिकमा  माल्यर्णप गरिएको छ ।  यसअघि प्रभातफेरी कार्यक्रम अन्र्तगत भानुभक्तको तस्बिरलाई बग्गीमा राखेर नगर परिक्रमा गराएको थियो ।

यसैवीच भानु प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रती र विज्ञान तथा प्रविधि प्रतिष्ठानका उपकुलपति प्राडा जीवराज पोखरेलले नेपाली भाषा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरेका भँदै प्राडा बासुदेव त्रिपाठी र चलचित्र निर्देशक यादव खरेललाई सम्मान गरियो थियो भने भानुजयन्तीको अवसरमा आज आयोजित प्रभातफेरीमा सर्वोत्कृष्ठ ठहरिएको अन्नपूर्ण उच्चमावि असनलाई प्रथम , सरस्वती उच्चमावि क्षेत्रपाटी दोस्रो, इन्टेनशीप इन्टरनेशनल कमलादी तेस्रो र नन्दीमावि नक्साल र रिभेरा इन्टरनेशनलले सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । तस्बिर ः प्रदीपराज वन्त, साभार, गुगल