शनिबार, बैशाख १५, २०८१

मधेस आन्दोलनका पीडितलाई ६ करोडभन्दा बढी निकासा

काठमाडौं आषाढ १४, मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँ भन्दा बढी उपलब्ध गराइसकेको छ। मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका Captureआश्रितलाई सहित परिवारसरह १०/१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषदको निर्णयानुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ। अधिकांश आश्रित परिवारले रकम बुझिसकेको खवर आजको कान्तिपुर दैनिकले छापेको छ ।

त्यस्तै खवरमा मधेससहित विभिन्न आन्दोलनमा पहिचान भएका अधिकांश घाइते र तिनका कुरुवाले समेत उचार खर्च बुझिसकेका छन्। प्रदेशको सीमांकनसम्बनधी विभिन्न आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरी गरी ५७ जनाको मृत्यु भएको र आन्दोलनमा घाइते भएकाहरुको सबै विवरण गृह मन्त्रालयमा अझै आइसकेको छैन। गृहका अनुसार ४४ आन्दोलनकारीका परिवारलाई राहत दिन रकम निकासा भइसकेको छ।