बिहिबार, बैशाख १३, २०८१

पूर्व पदाधिकारीलाई सुविधा दिन लबिङ गर्दै आईजीपीद्वय अकस्मात संसदमा 

काठमाडौ ज्येष्ठ ३२, व्यवस्थापिका–संसदको संसदीय समितिले कानुनविपरीत पूर्वपदाधिकारीलाई दिइएको सुविधा खारेज गर्न तयारी थालेपछि दुई सुरक्षा निकायका प्रमुखले यसमा गम्भिर चासो राखेका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सोमबार संसदको सुशासन उपसमितिका संयोजक जनकराज जोशीलाई भेटेर सुविधा खारेज नगर्न दबाबसमेत 1465865375aryal-and-raiदिएका छन् ।

सुशासन समितिको उपसिमिलिते एकपटक सुरक्षा निकायका प्रमुखसँग छलफल गरिसकेको थियो । उनीहरुले आफ्नो तर्फबाट उपसमितिमा रायसमेत दिइसकेका थिए । आफूहरुको सुझावमा राजनीतिक दलले तिब्र असन्तुष्टि जनाएको जानकारी पाएपछि आईजीपीद्वय अर्याल र राई संसद सचिवालय पुगेका हुन् । यसअघि उपसमितिले बोलाएको छलफलमा सुविधा खारेज गर्न भनेको भए पनि त्यसलाई परिवर्तन गर्दै सेवा सुविधा दिनुपर्ने भनाई प्रतिवेदनमा उल्लेख गर्न पनि महानिरीक्षकद्वयले आग्रह गरेका छन् । गृह मन्त्रालयले पूर्व पदाधिकारीलाई अहिलेको सुविधामा थप गरेर पूर्वपदाधिकारीसम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । त्यो विधेयकलाई संसदमा ल्याउन लागिएको छ ।  सर्वोच्च अदालतले पूर्वपदाधिकारीलाई सुविधा दिनुपर्ने भए कानुन बनाएर दिन आदेश दिएको वर्षौं भएको छ । एकपटक संसदमा आएको सुविधा दिने विधेयक सांसदहरुकै विरोधबीच गृह मन्त्रालयमा फिर्ता भएको थियो । सुशासन समितिले पनि सुविधालाई खारेज गर्दै गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता गर्न लागिरहेको खवर आजको राजधानी दैनिकमा छापिएको छ ।