आइतवार, बैशाख १६, २०८१

माओवादीले सरकार आजै छाड्ने सम्भावना,प्रधा��मन्त्री ओलीलाई प्रचण्डका तीन प्रस्ताव

काठमाडौं आषाढ २८,  देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको खवर oli kp bijayaआजको नयाँपत्रिका दैनिकले छापेको छ ।    खवरमा पार्टीको म्यान्डेटअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेको उल्लेख गर्दै संविधानको कार्यान्वयन, पुनर्निर्माण लगायतका काम एमाले नेतृत्वको गठबन्धनबाट सम्भव नदेखिएको भन्दै प्रचण्डले ओलीसँग बाटो खोलिदिन आग्रह  सहित  प्रधानमन्त्री ओलीलाई प्रचण्डका तीन प्रस्तावगरेको उल्लेख गरिएको छ ।

राजीनामा दिन ओलीलाई प्रचण्डको आग्रह

बिहान १२ बजेसम्म पार्टी हेडक्वार्टरको बैठकमा सरकारकै एजेन्डामा केन्द्रित रहेर छलफल गरेका प्रचण्डले त्यसपछि कांग्रेस र एमाले शीर्ष नेताहरूसँग छलफल गरेका छन् । प्रचण्ड कांग्रेस सभापति देउवासँग छलफल गर्न दिउँसो ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।  झन्डै आधा घन्टा देउवासँग छलफल गरेपछि साँझ ५ बजे प्रधानमन्त्री ओलीसँग भेट गर्न प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । बालुवाटारमा उनले प्रधानमन्त्रीसँग झन्डै साढे २ घन्टा छलफल गरेका थिए ।  छलफल खुला भएको छ, निष्कर्ष निस्केको छैन । मंगलबार पनि छलफल हुन्छ ।

१. भद्र सहमतिअनुसार सत्ता हस्तान्तरण :   एमालेले सरकार गठनका वेलादेखि भएका सहमति कार्यान्वयन नगरेको आरोप माओवादी केन्द्रले लगाउँदै आएको छ । गत २४ असोजमा ओली प्रधानमन्त्री चयन हुँदै गर्दा भएको आठबुँदे सहमति, २३ वैशाखमा भएको नौबुँदे लिखित र त्यससँगै भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने उसको माग छ । अहिलेको सत्ता गठबन्धनको निरन्तरताका लागि भद्र सहमतिअनुसार सरकारको नेतृत्व माओवादीलाई हस्तान्तरण गर्नुपर्ने उसको पहिलो माग छ । ओलीको नेतृत्वमा मधेस समस्याको समाधान ननिस्कने माओवादीको निष्कर्ष छ । त्यसैले भद्र सहमतिअनुसार आफूलाई नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री ओलीसमक्ष माओवादीको पहिलो प्रस्ताव छ ।

२. ओलीलाई नै राष्ट्रिय सहमति जुटाउन मौका दिने:  प्रधानमन्त्री ओलीलाई आफ्नै नेतृत्वमा राष्ट्रिय सहमति जुटाउने पनि माओवादीले विकल्प दिएको छ । अहिलेका राष्ट्रिय समस्याको समाधान कांग्रेससहित मधेसकेन्द्रित दलहरूसँगको सहकार्य र सहमतिमा बन्ने सरकारले मात्रै गर्नसक्ने उसको निष्कर्ष छ ।

३.सहमति जुटाउन नसके बाटो खुला गर्न आग्रह:  राष्ट्रिय सहमति जुटाउन नसके नेतृत्व छाडेर मार्गप्रशस्त गर्न माओवादीले तेस्रो विकल्प प्रस्ताव गरेको छ । ‘सहमति–सम्झौता पनि कार्यान्वयन नगर्ने, राष्ट्रिय सहमति पनि जुटाउन नसक्ने हो भने प्रधानमन्त्रीले हात उठाउनुप९यो,’ माओवादी नेता देव गुरुङले भने, ‘त्यसपछि जसले सक्छ, उसैले सरकार निर्माणको पहलकदमी लिनेछ । त्यस्तो वेला नेतृत्वको विषयमा भने माओवादी खुला छ ।’

‘कांग्रेसलाई १२ र माओवादीलाई आठ मन्त्रालय’  कांग्रेस–माओवादीका नेताहरूबीच मन्त्रिपरिषद्को भागबन्डाका विषयमा समेत समझदारी बनेको छ । तर, माओवादीले ओलीको निर्णय पर्खने भनेकाले हस्ताक्षर भएको छैन । अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल बाँकी रहेकाले त्यस्तो मस्यौदाको विषयवस्तु सार्वजनिक नगरिएको नेताहरूको भनाइ छ । तर, प्रारम्भिक सहमतिअनुसार कांग्रेसले १२, माओवादीले ८, विजय गच्छदारको फोरम लोकतान्त्रिकले २ र राप्रपाले २ मन्त्रालय पाउनेछन् । बाँकी ८ मन्त्रालय अन्य दलका लागि छुट्याइएको छ । कांग्रेससँगको सो छलफलपछि बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई बाटो छाडिदिन आग्रह गरेका थिए ।

देउवा र प्रचण्डबीच सिंहदरबारमा  आधा घन्टा वार्ता ओलीलाई भेट्नुअघि प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पुगी झन्डै आधा घन्टा भेटवार्ता गरेका थिए । यी दुई नेताबीचको भेटमा पछि विमलेन्द्र निधि र कृष्णबहादुर महरा पनि थपिएका थिए । कांग्रेस नेता निधिस“ग सोमबार नै माओवादी केन्द्रका नेता महराले छुट्टै भेट गरेको र पछि शीर्ष नतोहरूसँग दुवै नेता छलफलमा मिसिएको कांग्रेसनिकट स्रोतको भनाइ छ ।