आइतवार, बैशाख १६, २०८१

तातोपानी नाका खुलाउने तयारी

काठमाडौं ज्येष्ठ २६ , महाभूकम्पले भौगोलिक र संरचनागत रुपमा क्षति पुर्‍याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘सीएफएस’ प्रणालीबाट संचालन गर्ने तयारी अघि बढेको खवर आजको कान्तिपुर दैनिकले  छापेको छ । खवरमा चीनबाट सामान आयात हुने यो प्रमुख नाका hhखुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन । तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका संचालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको उल्लेख छ ।

समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दुतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक रुपमा लिएपछि खुल्ने संकेत देखिएको हो । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो । पूर्ववत अवस्थामा संचालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेशन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ ।
सामान बोक्ने कन्टेर एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ ।