शुक्रबार, बैशाख १४, २०८१

संविधान कार्यान्वयनमा सबै दल एकताबद्ध हुनुको विकल्प छैन: मन्त्री राइ

  काठमाडौ ज्येष्ठ १४,  ९औं गणतन्त्र दिवसका अवसरमा आज प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘गणतन्त्रको संस्थागत विकासमा मिडियाको भूमिका’ विषयको अन्तक्र्रियामा कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री शेरधन राईले जसरी मुलुकमा लोकतन्त्र स्थापनाका anup_20160104_4एकाकार भएका राजनैतिकदलहरु अव संविधान कार्यान्वयनका लागि पनि एकताबद्ध अगाडि बढ्नुको विकल्प नभएको बताउँनु भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री राइले मुलुकमा संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयनको विकल्प नभएको भन्दै संविधान कार्यान्वनयका लागि सबै राजनीतिक दललाई एकै ठाउँमा ल्याउनेतर्फ आमसञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्नेमा विशेष जोड दिनु भएको थियो ।

त्यस्तै काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले गणतन्त्रको संस्थागत विकासका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण हुने बताउँनु भएको उक्त कार्यक्रममा लक्ष्मणदत्त पन्त क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष कुमार शाहलगायतले बोल्नु भएको थियो ।