शुक्रबार, बैशाख १४, २०८१

राजनीतिक सहमतिबिना स्थानीयनिकायको  निर्वाचन असंभव :पूर्व उपप्रम सिंह

काठमाडौ ज्येष्ठ ६, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रम  प्रकाशमान सिंहले  आज राजधानीमा  दक्ष जनशक्ति विकास केन्द्रले   आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक सहमतिबिना स्थानीय निकायको निर्वाचन  कुनै हालतमा
13260059_10154175959822329_9128272110831765735_nसंभव नभएको  बताउनुभएको छ ।

त्यस्तै  उहाँले  यदि सयमानै  सरकारले  स्थानीय निकायको  निर्वाचन  गराउँने  दृढमनोइच्छा राखेको नै हो  भने   भाषण गर्नुभन्दा राजनीतिक सहमतिको वातावरण निमार्णमा आफुलाइ केन्द्रीत गर्नु पर्ने जिकिर गर्नु भएको छ ।

साथै सम्बोधनको क्रममा  मधेसी दलहरूले राजधानी केन्द्रीत  आन्दोलन सुरु गरिसकेको  अवस्थाका  कारण मुलुक अन्यौलताको   बन्धक बन्दै गएको  जिकिर गर्दै  यसको लागि    वार्तामार्फत  सम्स्याको समाधान  गर्न  आग्रह गर्नुको  अलावा    स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचनका लागि आवश्यक कानुन निर्माण गर्नेतर्फ ध्यान दिन पनि आग्रह गर्नु भएको छ ।