बुधबार, बैशाख २६, २०८१

प्राप्त अधिकार संस्थागत गर्न एमाओवादी अध्यक्ष प्रचण्डको आग्रह

काठमाडौं बैशाख १९,  एमाओवादीका अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्राप्त अधिकारलाई imagesथप संस्थागत गर्दै अगाडि बढ्न मजदुर वर्गसँग आग्रह गर्नुभएको छ ।

त्यस्तै सन्देशमा उहाँले यस ऐतिहासिक दिनमा नेपाल र विश्वका मजदुरसँग जुझारु ऐक्यबद्धतासहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले मुलकमा नयाँ सविधान जारीभए संगै मजदुरका कयौँ अधिकार समेतलाई सम्बोधन भएको बताउँदै प्राप्त अधिकारलाइ रक्षा गर्दै थप अधिकारका निमित्त सङ्घर्ष गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नु भएको छ ।