शनिबार, बैशाख ८, २०८१

यस्तो छ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा राष्ट्रपति भण्डारी र प्रम ओलीले दिनु भएको सन्देस

सबैको श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

काठमाडौ वैशाख १९,  अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम अधिकार सुनिश्चितताको कामना गर्दै आज जारी गर्नु भएको शुभकामना सन्देसमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नु भएको छ । त्यस्तै सन्देसमा उहाँले सबै नेपाली श्रमिक एवं मजदुरले स्वदेश तथा विदेशमा आफ्नो श्रम गर्दा उचित श्रम अभ्यास, अनकूल कार्यवातावरण, पारिश्रमिक, सामाजिक सुरक्षा लगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बध स्थपित हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

पुनःनिर्माण र नवनिर्माणको अभियानमा सहभागी हुन प्रम ओलीको आव्हान

त्यस्तै यसै अवसरमा प्रधानमन्त्री केपी ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा download (1)शभुकामना तथा बधाई दिँदै जारी गर्नु भएको सन्देसमा मुलुकको आर्थिक विकास र समृद्धिका लागि पुँजी निर्माण र विकासका लागि श्रमशक्तिको विकास आवश्यक रहेको र श्रमशक्तिको विकास संविधानको कार्यान्वयनबाट मात्रै सम्भव रहेको बताउँदै उहाँले आधारभूत रूपमा अधिकार संस्थागत भई समृद्धिका दिशामा अघि बढ्दै हाम्रो जस्तो मुलुकमा अब वर्गसङ्घर्ष प्रमुख होइन, उत्पादनका लागि गरि��े सङ्घर्ष प्रमुख हो नेपाली समाजको परिवर्तन श्रमशक्तिको विकासबाट मात्र संभव भएको बताउँदै ‘म बनाउँछु मेरो देश’ भन्ने सङ्कल्पका साथ सबै नेपाली श्रमिकलाई पुनःनिर्माण र नवनिर्माणको अभियानमा सहभागी हुन उहाँले आह्वान गर्नुभएको छ ।