बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले प्रतिपक्षमै बसेर आफ्नो भूमिका खेल्ने नेता सिहको जिकिर

काठमाडौं वैशाख २०, नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आज विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै नेपाली काँग्रेसले प्रतिपक्षको हैसियतले संविधान कार्यान्यवनमा उल्लेख भूमिका निर्वाह गर्ने बताउँनसको अलावा २१ गतेबाट सुरु संसद् बैठकमा प्रस्तुत प्रस्ताव लाइ कार्यान्वयनमा ल्याइने बताउँनु भएको छ । साथै नेता सिहंले पुनःनिर्माण, संविधानको कार्यान्वयनलगायतका विषयमा सरकारले अझैपनि उदासिनता प्रस्तुत गरेको आरोप लगाउँदै आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र काँग्रेस प्रतिपक्षमै बसेर prakashman-आफ्नो भूमिका खेल्ने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसअघि नेता सिहंले कांग्रेस भरतपुर नगर समिति चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार जनजिबनका प्रति सकार गम्भीर हुन नसकेका कारण कालाबजारी मौलाएको बताउनु  भएको छ साथै उहाँले प्रतिपक्षीदलको आग्रहलाई उपेक्षा गरेर सरकार अघि बढ्न खोजे गम्भीर परिस्थिति निम्ताउने चेतावनीसमेत दिनुभएको थियो ।

त्यस्तै तराई मधेसको समस्या समाधानका लागि बार्ता र संवादबाट निकास खोजन आफुहरुको ध्यान केन्द्रीत हुने जानकारी दिदै महाधिवेशनले पारित गरेका निति तथा कायक्रम कडाईका साथ पालना गर्न समेत कायक्रताहरुलाई निर्देशन दिनुभएको थियो ।