शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस सरकारमा जान लागेको भन्ने जस्ता अर्नगल प्रचार भएको केस सिंहको जिकिर

महाधिवेशनले पारित गरेका नीति कार्यक्रम कार्यन्वयनमा लाग्न कार्यकतालाई निर्देशन

काठमाडौ वैशाख ४, काठमाडौं काँग्रेस क्षेत्र नं ७ ले आज यहाँ आयोजना गरेको नववर्षको शुभकामना तथा क्यालेण्डर लोकार्पण गर्न 12993581_10154100948542329_3571680546964459917_n 11246686_10154100949282329_859717184866335625_n NE_UPआयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेसलाई सरकारमा जान कुनै हतार नभएको र सत्ताधारी दलले काँग्रेस सरकारमा जान लागेको भन्ने जस्ता अर्नगल प्रचार गरेको बताउँदै  पत्रपत्रिकामा   समाचार  प्रकाशित समाचारजस्तो कांग्रेस लाई सरकारमा जान कुनै हतार   नभएको बताउनु भएको छ  ।

त्यस्तै नेपाल सरकारको उप्रप्रधान तथा स्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेका केन्द्रीय सदस्य सिहले सम्बोधनको क्रममा आफ्नो पार्टीको सरकारको पालामा स्थानीय निकायको निर्वाचन गर्न चाहे तापनि राजनीति सहमति जुट्न नसकेको भन्दै अब स्थानीय निकायको निर्वाचन चाँडो गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

साथै उहाँले अब वडा तह देखिनै महाधिवेशनले पारित गरेका नीति कार्यक्रम कार्यन्वयनमा लाग्न कार्यकतालाई निर्देशन दिनुभयो । उहाँले काँग्रेसले नेतृत्व गरेर जारी गरेको संविधान काँग्रेसले नै कार्यन्वयनका लागि जिम्मेवार लिनुपर्ने समय आउँदै गरेको बताउँनु भएको छ ।