बुधबार, बैशाख १२, २०८१

अक्षरामा योग तथा आयुर्वेदिक शिविर

काठमाडौँ बैशाख ४ , योग,आयुर्वेद,अध्यात्म,संस्कार,संस्कृति र गौमाताको संरक्षण एवंम सम्वद्र्धनका लागि क्रियाशील संस्था गोतीर्थ मिसन नेपालको आयोजनामा काडाँघारीस्थित अक्षरा स्कुलमा सोमबारदेखि ५दिने योग तथा आयुर्वेदिक शिविर हुने भएको छ । योग Yogi Somrajji Maharajप्रशिक्षणमार्फत विद्यार्थी,अभिभावक र सर्वसाधारणको नैतिक,चारित्रिक,शारीरिक,मानसिक एवंं सम्वेगात्मक विकासमा सहयोग पु-याउन शिविर सञ्चालन हुन लागेको हो । शिविरमा विद्यार्थी सहित अभिभावक,शिक्षक,कर्मचारी र समुदायका अन्य व्यक्ति सहभागी हुनेछन् । योग शिविरमा गोव्रती योगी सोमराजजी महाराजबाट प्रभावकारी योग तथा प्राणायामको अभ्यासका साथै ,संस्कृति,अध्यात्म,राष्ट्रप्रेम,जीवनशैली,पूर्वीय दर्शन आदिको प्रशिक्षण प्रदान गरिनेछ ।

मानसिक तनाव,एकाग्रता र स्मरणशक्तिमा कमी,आँखा सम्बन्धी समस्या ,ग्याष्ट्रिक ,अल्सर,कब्जियत ,मधुमेह,उच्च रक्तचाप ,बाँझोपन,ढाड,कम्मरदुखाई, माइग्रेन ,थाइराइड, नपुसंकता, डिप्रेसन ,छाला तथा   आँखा \सम्बन्धीरोग ,मोटोपन,अनिद्रा ,महिनावारी सम्बन्धी समस्या लगायतका विभिन्न रोग निर्मूल पार्ने योगासन,प्राणायमको अभ्यास गराइनुका साथै आयुर्वेदिक परामर्श समेत प्रदान गरिने गोतीर्थ मिसनले जनाएको छ ।

-माधव अधिकारी