शुक्रबार, बैशाख १४, २०८१

यस्तो थियो काँग्रेसको ऐतिहासिक १३ औ महाधिवेशनको उद्घाटनसत्र (फोटो फिचर)

प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसको योगदानको चर्चा
मुलुकका प्रमुख दलका नेता सहित विदेशी पाहुँना समेतले सक्षम नेतृत्व चयनको लागि दिए शुभकामना

श्रीजन झा /काठमाडौ फागुन २०, नेपाली काँग्रेसको ऐतिहासिक १३ औ महाधिवेशन आज एक भव्य एवम् सभ्य वातावरणमा ‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारालाइ आत्मासात गर्दै राजधानीको खुलामञ्चमा पार्टीका Prabin--2797कावा सभापति रामचन्द्र पौडेलले  पानसमा दीप प्रज्वलन गरी गर्नुभएको छ । महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी जम्मा तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

त्यस्तै उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका क्रियाशील सदस्य तथा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेख्य उपस्थिती रहेको छ भने Prabin--2761महाधिवेशनको उद्घाटनस्थलमा पार्टीका संस्थापक नेताहरू बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला एवम् सुशील कोइरालाको चित्र अङ्कित फ्लेक्सले भरिपूर्ण बनाईएको छ ।

त्यस्तै प्रस्तुत महाधिवेशनमा शुभकामना दिनका लागि    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड , उपप्रधानमन्त्री एवम् मजफो (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, Prabin--2749उपप्रम  एवम् नेकपा मालेका महासचिव चन्द्रप्रकाश मैनाली ,उपप्रम एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दको सहभागिता रहेको छ । त्यस्तै राजधानीस्थित कूटनीतिक नियोगका प्रमुखसहित छिमेकी मुलुक भारत लगायतका विदेशबाट आमन्त्रित विशेष व्यक्तित्वहरु क्रमस विहारका मुख्यमन्त्री नीतिश कुमार, बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस लगायतको सहभागिता रहेको छ । उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुने तय भएको छ । त्यस्तै राष्ट्रियसभा गृहमा हुने महाधिवशेनको निर्वाचनबाट सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी Prabin--2830प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

यसैवीच काँग्रेसको १३ औ महाधिवेशनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसले दिएको    योगदानको   चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले गरेको योगदानको  सवालमा चर्चा गर्नु भएको थियो ।  त्यस्तै एमाओवादीका अध्यक्ष प्रचण्डले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको शान्ति र सहकार्यको Prabin--2814सस्मरण गर्दै मुलुकमा संविधानसभाबाट जारी संविधानको कार्यान्वयन गर्न सक्ने र अरु राजनीतिक दलसँग सहकार्य गर्नसक्ने नेतृत्व प्रस्तुत महाधिवेशनले   चयन गर्न सकोस् भन्ने शुभकामना दिनुभएको थियो । साथै उहाँले मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी काँग्रेसको काँधमा राष्ट्रिय समस्या समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताउँनुभएको थियो ।

 त्यस्तै उपप्रम एवम् मजफो लोकतान्त्रिकका अध्यक्ष   विजयकुमार गच्छदारले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै काँग्रेसले राणा शासन, निरङ्कुश राजतन्त्रविरुद्धको लडाइँमा परिणामुखी नेतृत्वदायी भूमिका निर्वाह Prabin--2805गरेको बताउँनदै बिपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण शम्सेर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आफूले आर्दश व्यक्तिका रुपमा लिएको स्मरण गर्दै महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो भने  नेकपा मालेका महासचिव एवम् उपप्रम सिपी मैनाली संविधानससभाबाट सङ्घीय गणतन्त्र नेपालको समावेशी सविधान जारी गराउन काँग्रसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै महाधिवेशन सफलताको कामना गर्नुभएको थियो । त्यस्तै उपप्रम तथा राजमोका अध्यक्ष चित्रबहादुर केसीले Prabin--2775प्रजातान्त्रिक आन्दोलनमा काँग्रेसको योगदानका सवालमा चर्चा गर्नु भएको थियो ।  त्यस्तैगरि १३औँ महाधिवेशनमा सहभागी हुन आउँनुभएका छिमेकी   मुलुक भारत विहारका मुख्यमन्त्री नितीशकुमारले काँग्रेसका नेता सुशील कोइरालासँग भउको भेटको संस्मरण गर्दै  नेपाल आफ्नो समस्या समाधान गर्न आफैँ सक्षम रहेको विश्वास व्यक्त गर्नुभएको थियो । त्यस्तै भाजपाका उपाध्यक्ष भगतसिंह कोसियारी , बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु,   सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला , भारतीय कम्युनिस्ट पार्टीमाक्र्सवादीका नेता जोगेन्द्र Prabin--2723 Prabin--2716 शर्मा, भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ता लगायतले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

त्यस्तै काँग्रेसको १३ औं महाधिवेशनको उद्घाटन सत्रलाई खुलामञ्चमा सम्बोधन गर्दै कावा सभापति रामचन्द्र पौडेलले देशलाई परिवर्तन गर्न, बचाउन र समृद्ध बनाउन काँग्रेस आफैँ परिवर्तन हुनु आवश्यक रहेको बताउँदै राजनीति राष्ट्रको सेवाका लागि हुनुपर्नेमा जोड दिनु भएको थियो ।

साथै  उहाँले   प्रस्तुत महाधिवेशनले काँग्रेसको भावी कार्यदिशा, र मुलुकको समस्या समाधानका लागि मार्गनिर्देशन गर्नुको अलावा जननायक बिपीले झन्डै ७  दशकअघि संविधानसभाबाट संविधान जारी गर्ने देखेको सपना आज काँग्रेसकै नेतृत्वमा पूरा भएको बताउँनुभएको थियो ।

त्यस्तैगरि  काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति सुशील कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको र यसको पूर्ति गर्न चुनौती रहेको बताउँदै उहाँले यो मुलुक सबैको हो भन्ने भावना जगाउन राज्यका हरेक अङ्गलाई समावेशी बनाउनुपर्ने आवश्यक रहेको बताउँनु भएको थियो । त्यस्तै काँग्रेस महामन्त्रीद्दय मध्य प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दीर्घकालीन बनाउन देशको साधन र स्रोतलाई उपयोग गरेर आर्थिक क्रान्ति गरिनुपर्नेमा उहाँको जोड दिनुभएको थियो भने र कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाको कार्यदिशाबाट दिगो शान्ति र सुशील कोइरालाको कार्यदिशाबाट देशले संविधान पाएकाले त्यसलाई संस्थागत गर्ने कार्यदिशा महाधिवेशनले पारित गरिनुपर्नेमा जोड दिनु भएको थियो ।

Prabin--2851 Prabin--2841 Prabin--2908

Prabin--2801 Prabin--2815 Prabin--2875 Prabin--2883 Prabin--2887 Prabin--2915 Prabin--2699