शुक्रबार, बैशाख १४, २०८१

अव सञ्चार मन्त्रालयका अधिकारी आफूखुसी भ्रमणमा जान नपाउने

भ्रमणमा जाँदा अनुमति अनिवार्य

काठमाडौ चैत्र ३,  सूचना तथा सञ्चार मन्त्रालयले मातहतका कुनै पनि निकायका प्रमुखले विदेश जानुपर्दा सञ्चारमन्त्री र काठमाडौँ 2उपत्यका बाहिर जानुपर्दा सचिवसँग अनिवार्य अनुमति लिनुपर्ने गरी कार्यविधि जारी गरिएको छ ।

मन्लायले मातहतका निकाय÷संस्थानका प्रमुखले आफूखुसी स्वदेश वा विदेश भ्रमणमा जाने तर प्रतिवेदन नदिने, मन्त्रालयका कतिपय काममा समन्वय नगर्ने र सवारी साधनको दुरुपयोग गर्ने जस्ता गतिविढी बढ्न थालेपछि यस किसिमको कार्यविधी जारी गरेको हो ।

मन्त्रालयद्दारा विभागीय मन्त्री शेरधन राइको स्वीकृति सहित जारी कार्यविधीमा अनुमति सहित भ्रमणमा गएपनि अव उपरान्त भ्रमणमा जाने प्रमुखले भ्रमणको औचित्य सहितको प्रतिवेदन र औचित्य पेस गर्नुपर्ने व्यवस्था गरेको छ ।