शुक्रबार, बैशाख १४, २०८१

हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो , प्रमद्दारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं  फागुन १२ ,चालकदलका तीन सदस्य सहित २३ जना यात्रु बोकर पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन भएको जहाज म्याग्दीको दाना गाविस–२ स्थित भीर नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । आज बिहान ७ः५० बजे पोखराबाट जोमसोमका 12734053_987271574677148_3219658990672870971_nलागि उडेर सम्पर्कबिहीन भएको तारा एयरको जहाज दानाको सोले घोप्टेको केगरबुटा भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।  सम्पर्कबिहीन भएको झण्डै पाँच घण्टापछि दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको म्याग्दीका प्रहरीलनइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहीन विमान खोजीकार्य जतिसक्दो छिटो गर्न निर्देशन दिनुभएको छ ।

 यसैवीच यसअघि भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले विभागीय मन्त्रीलाइ आनन्दप्रसाद पोखरेललाई टेलिफोन सम्पर्क गरी जतिसक्दो छिटो विमान खोजी कार्य गर्न निर्देशन दिदै प्रम ओलीले तारा एअरलाइन्सको विमान आज बिहान दुर्घटनाग्रस्त भई जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उक्त विमान क्षतिग्रस्त हुँदा भएको मानवीय र भौतिक क्षतिप्रति आफू निकै मर्माहत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा उहाँले क्षतिग्रस्त विमानमा यात्रारत यात्रुका परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यसहित २३ जनाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

दुर्घटनाग्रस्त विमानका यात्रुहरुको नामावली
कास्कीका रेवती बराल र मुक्तिनाथ वास्तोला, मुस्ताङ्की विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, लक्ष्मी हिराचन, र कान्छा परियार ,  मोतीबहादुर केसी, पासाङ लामा, बालकृष्ण न्याउरे, डोल्मा तासिङ शेर्पा, राजकुमारी तामाङ, कमला थकाली, चिनियाँ नागरिक माक्सुइद, कुवेतका अहमद रसिद रहेका छन् भने दुईजना बालबालिकाको नाम खुलेको छैन । चालक दलका क्याप्टेन रोशन मानन्धर, सह क्याप्टेन दिकेस नेम्कुल र परिचारिका रमा रावत रहेका छन् ।