बुधबार, बैशाख १२, २०८१

प्रमओलीको भारत भ्रमणको चीरफार: भारतीय प्रम नरेन्द्र मोदीले ओलीलाई के भने ? 

ओलीको भारत भ्रमणले असमजदारी बढाएको निष्कर्ष

सुनिल शर्मा
कुट्नीतीमा जे देखिन्छ, त्यो हुँदैन जे देखिँदैन , त्यो हुन्छ। नेपालका प्रमुख राजनीतीक दल असफल भएपछी नेपाली सेनाको एउटा मिसन टोलीले भारतको नयाँ दिल्लीमा बसेर कुट्नीतिक अभ्यास गर्‍यो जसको परिणाम नेपाल९भारत सम्बन्धमा देखिन थालीसकेको छ। आउने n+kpदिनमा त्यसको स्पष्ट रोड म्याप देखिने कुट्नीतिज्ञको भनाइ छ। नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करीब ४५ मिनेट गोप्य वार्तालाप गरेका छन्। उक्त वार्ताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल प्रति भारतको स्पष्ट दृष्‍टिकोण बताउँदै संबिधान पुर्नलेखन , हिन्दू राष्ट्र र राजसंस्था बटम लाइन भएको ओलीलाई अवगत गराएका थिए। त्यस्तै नेपालका प्रम ओलीले राजसंस्थाको सवालमा र हिन्दू राष्ट्रको सवालमा आफुलाई कुनै आपत्ति नभएको र माओवादीको कारण परिस्थिती जटिल भएकोले आफु भारतसँग सम्बन्ध बिगार्न होइन बनाउन आएको प्रतिउत्तर दिईएको थाहा भएको छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमणलाई राजकिय भ्रमण भनेर प्रचार गरि पनि  भ्रमण आफैमा  अफिसियल  भएको  कुट्नीतिक वृतको निष्कर्ष रहेको छ । यदि भ्रमण राजकिय भएको भए   प्रम ओलीको स्वागतका लागि समकक्षी नरेन्द्र मोदी  जानु पर्ने हुन्छ  तर  यहाँ  प्रम मोदी   नगएर परराष्ट्र मन्त्री सुष्मा स्वराज विमान स्थलमा जानुलाई अर्थपूर्ण हेरिएको छ ।  त्यस्तै कुटनीतीमा बोल्दा के बोलिन्छ त्यसको बढी महत्व हुन्छ। ओलीको भारत भ्रमण सफल वा असफल भन्दा पनि एजेन्डाविहिन भनेर गएका प्रधानमन्त्रीले भारतसँगका खास-खास एजेन्डामा हस्ताक्षर गरेका छन्। ओलीको भारत भ्रमणको तीनवोटा प्रश्न विशेष अर्थपूर्ण रहेका छन ।

१ नेपालमा रहेको भारतको सुरक्षा चासोलाई कसरी सम्बोधन गरियो ?
२ नेपालको जलश्रोत उपयोगमा भारतसँग साझेदारी गर्नेबारे के नीती छ ? 
३ १९५० को सन्धी सम्बन्धमा नेपाल इमान्दार भएन भन्ने भारतको गम्भिर आरोप छ।
४ संबिधान पुर्नलेखन सम्बन्धमा तपाईंको के धारणा छ र हिन्दू राष्ट्र र राजसंस्था बारे के भन्नु हुन्छ रु भन्ने भारतीय प्रधानमन्त्रीको स्पष्ट भनाइलाई प्रधानमन्त्री ओलीले माओवादीको कारण अफ्ट्यारो परेकोस आफुहरु भारतसँग सम्बन्ध सुधार गर्न चाहेको तर माओवादीको कारण अप्ठायारो परेको बताएका थिए।
भारतले सुरक्षा चासो भनेर के भनेको हो, के चाहेको हो ?  त्यो नेपालले बुझ्न सकेको छैन अथवा नेपालका प्रधानमन्त्रीले बुझ्न सकेका छैनन् किनभने नेपाललाई त्यसबारे आधिकारीक स्तरबाट बताइएको छैन। प्रधानमन्त्री ओलीले एजेन्डाविहिन भने पनि भारतले राखेका कागजातमा हस्ताक्षर गरीदिए। ओलीले यतिसम्म पनि ख्याल राखेनन कि भारतले सुरक्षा चाहना राख्दा नेपालको अर्को छिमेकी चीन पनि छन् भन्ने कुरा हेक्का राख्नु पर्थ्यो। त्यो हेक्का राख्ने काम भएन। नेपालबाट जम्बो टोली लिएर गएका प्रम ओलीलाई भारतीय राष्ट्रपति भवनमा भारतले राख्यो भनेर त्यसलाई राजकीय भ्रमण भन्न मिल्दैन। अन्य देशका नेताहरु आउँदा भारतीय राष्ट्रपति भवनमा नबसेको वा नराखिएको इतिहास पनि छ। भारतले प्रम ओलीलाई मेजवानी बढी देखाउनुले जे देखिन्छ त्यो विपरित हुन्छ। भारतले अहिले ओलीलाई धेरै ललिपप बाँडेको छ। भारतलाई राम्ररी थाहा छ नेपालका नेताहरु कोही पनि कुट्नीती बुझ्ने राजनेता छैनन्। त्यसको तुलनामा ओलीलाई पनी राखिएको छ। नेपाल भारत सम्बन्ध विगत पाँच महिना बिग्रनुमा नेपालका राजनीतिक दल र नेताहरु बढी जिम्मेदार छन्। उनीहरुले भारतको कुट्नीती र राजनीतीलाई बुझ्ने प्रयत्न नै गरेनन्।

नेपालको अन्योलपूर्ण राजनीती र भारतसँगको कुट्नीतिक अवस्थालाई नजीकबाट नियाली रहेको नेपाली सेनाले आफ्नो मिसन टोली नै दिल्ली पठाएर कुट्नीतिक सफलता प्राप्त गर्नु र नेपाल-भारतबीचका सुरक्षाका बिषयमा सैन्य दृष्‍टिकोण प्रस्तुत गर्नुले सेना सफल भएको देखिन्छ। नयाँ संबिधान ठीक भएन भन्ने कुरामा भारतले पहिले देखी भन्दै आएको छ। स्पष्ट रूपमा भारतले आफ्नो बाटम लाइन बताउँदा पनि नेपालका राजनीतिक दल र नेताहरुले त्यसलाई कुट्नीतिक रूपमा नबुझेको कारण नेपाल-भारत बीच सम्बन्धमा ठुलो समस्या आइ परेको हो। नेपालबाट भारतको नयाँ दिल्लीमा आफ्नो मिसन टोली लिएर गएको सैन्य कुट्नीतीज्ञहरुले संबिधान पुर्नलेखन , हिन्दू राष्ट्र र राजसंस्थाको पुनस्थापना र नेपाल-भारतबीच विशेश सम्बन्ध हुनुपर्छ भनेर आफ्नो कुट्नीती राखेपछी नेपाल-भारत सीमा खुलेको हो।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संबिधान कस्तो हुनुपर्छ भनेर राम्रैसँग नाडी छामेका छन्। भारतको दिल्ली जाने राजनीतीक खेलाडी मात्र परिवर्तन भएका छन्, प्रवृति भने उही छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्पष्ट शब्दमा ओलीलाई भनेका थिए, राज्नीतिक नेतृत्व नेपालको असफल भएको छ तर नेपाली जनता जागरुक भएका छन् भन्ने कुरा पाँच महिनाको अघोषित नाकाबन्दीले देखाएको थियो। यसले कुट्नीतिक रूपमा स्पष्ट पारेको छ। कुट्नीतीलाई आम सभामा बोलेजस्तो होइन। श्रोतका अनुसार नेपालको राज्य संयन्त्र सिथिल र कमजोर छ भन्ने कुरा ०४६ सालको आन्दोलनदेखी हालसम्म देखिएको छ।
एउटा देशले गरेको व्यवहार अर्को देशले सम्बेधनशील ढंगले हेरेको हुन्छ भन्ने स्मरण पनि प्रधानमन्त्री ओलीलाई मोदीले गराएका थिए। प्रधानमन्त्री ओली कमजोर र निरिह छन् भन्ने कुरा उनले लिएर गएको जम्बो टोली दिल्ली पुग्नुलाई भारतीय कुट्नीतीज्ञहरुले अर्थ लगाएका छन्। भारतीय मिडियाले त प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई टोटल ब्ल्याक आउटू गर्नुको अर्थ के होरु कुट्नीतीमा यसले ठुलो अर्थ राख्छ। उच्च सुरक्षा श्रोत भन्छ, प्रधानमन्त्री ओलीको भारत भ्रमण नेपालमा ठुलो राजनीतिक दुर्घटनाको संकेत गर्दछ। ईतिहासलाई ख्याल गर्ने हो भने १७ साल नदोहोरियोस, हाम्रा नेताहरुको अकर्मण्यताको कारण नेपालमा अब अन्तराष्ट्रिय र छिमेकी राष्ट्रले विश्वास गर्ने शक्ती भनेको अब नेपाली सेना मात्रै रहेको छ। स्मरण रहोस्, नेपाली सेनाले २४० वर्षको ईतिहासमा नेपाललाई  अक्षुण  राख्न राजासँग मिलेर खेलेको भूमिका र ब्रिटिशहरुको गुलाम हुन नदिएको ईतिहास साक्षी छ। पूर्वराजा ज्ञानेन्द्र गत फागुन ९ गते थाइल्यान्डबाट स्वदेश फर्किनु भएको छ। नेपालमा आफन्तसँगको विवहको निम्तो मानेर वहाँ फेरी फागुन १२ पछी दिल्ली भ्रमणमा जाने राजपरिवार श्रोतले जनाएको छ। राजा ज्ञानेन्द्रले भारतसँग विशेश सम्बन्ध स्थापना गर्नु पर्छ भन्ने आफ्नो भनाइ भारतीय सुरक्षा अधिकारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट वार्ता र टेलिफोन वार्ताहरुमा राख्नु भएकोले यसलाई कुट्नीतिक रूपमा ज्यादै महत्वका साथ हेरिएको छ। नेपालको नयाँ संबिधानको कारण वाक स्वतन्त्रताको नाममा भारतमा स्वतन्त्र कश्मिरको कुरा खुलेआम रूपमा उठाउनु र जवहरलाल नेह्रु युनिभर्सिटी मा भारत विरुद्धको आवाज उठाउनुलाई भारत टुक्राउने षड्यन्त्रको काडीको रूपमा सैन्य कुट्नीतीज्ञहरुले विश्लेषण गरेका छन्। त्यती मात्र होइन, नेपाल भारतबीचको पाँच महिनाको अघोशित नाकाबन्दीमा सीमा क्षेत्रका स्मग्लरहरुले ग्याँस र इन्धनको सहज रूपमा तश्करी गर्न सक्छन् भने अन्तराष्ट्रिय आतंकवादी मुस्लिम संगठनहरुलाई हतियार पुर्याउन सक्छ भन्ने संकेत सैन्य सुरक्षा विज्ञहरुले  भारतीय प्रम  नरेन्द्र मोदीलाई ब्रिफिङका क्रममा नेपालका तर्फबाट गरिएको थियो। यसलाई भारतीय सुरक्षा अधिकारिले स्वीकार गरेका छन्।

गोप्य सम्झौता

गुप्तचर श्रोतका अनुसार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डाविहिन भने पनि भारतसँग गोप्य सम्झौता गर्नु भएको छ। श्रोतका अनुसार संबिधान पुनस्लेखन , राजसंस्था पुर्नस्थापना   र हिन्दू राष्ट्रको पुनस्स्थापनामा वहाँले अग्रीमेन्ट गर्दै बिगतमा भारतमा भएको १२ बुँदे सम्झौता अन्त्य गर्नु भएको छ। स्मरण रहोस्, प्रधानमन्त्री ओलीलाई भारतले जे विश्वास गरेको थियो भन्ने छ, त्यो अब रहेन। ओलीको भारत भ्रमण सफल भएको भन्ने भनाइलाई गत मंगलवार बसेको एमाओबादी पार्टीको स्थाई समिती बैठकले गलत प्रचार भनी ओलीसँग विश्वास टुटेको भन्दै ढुक्क हुने स्थिती छैनू भनी बिधान पुन लेखन हुने सम्मको खुलासा प्रचण्डले गरेका छन्। एमाओबादी स्थाइ समिती बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमणले असमजदारी बढाएको निष्कर्ष निकालेको छ। अब संबिधान पुनलेखन हुने सम्मको खुलासा सहित एमाओबादी स्थाइ समिति  बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमणले असमजदारी बढाएको निष्कर्ष निकालेको छ।

हाल राजनीतिक स्तरमा र सैन्य स्तरमा नेपालमा राजसंस्था पुनस्स्थापना, हिन्दू राष्ट्र र संबिधान पुनस्लेखनकालागी चलीरहेको उच्च स्तरिय कुट्नीतीमा भारतीय गुप्तचर संस्था RAW ले छेकबार गर्ने र मोदी सरकारलाई असफल तुल्याउने भित्री कुट्नीती पनि गरी रहेको छ। हाल, भारतमा गान्धी डक्ट्रिन नै कायम रहेको हुँदा कर्मचारीतन्त्र गान्धी डक्ट्रिनमै चली रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी गान्धी डक्ट्रिनलाई तोडेर छिमेकको सम्बन्धलाई विशेश प्राथमिकता दिन चाहनु हुन्छ। कुनै कारण बिना नेपालबाट राजसंस्था र हिन्दू राष्ट्र फ्याक्नुको कारण के थियो भन्ने प्रश्नको जवाफ वहाँले कुट्नीतिक र राजनीतिक दुबै रूपमा नेपाल र भारतमा छलफल चलाऊनु भएको छ। हिन्दू अस्तित्वकोलागी र भारत र चीनको सुरक्षाकालागी नेपालमा राजसंस्था आवश्यक छ भन्ने कुराको कुट्नैतीक संकेत गर्दै नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा राम्रै पाठ पढाएर पठाउनु भएको छ। साथै  प्रम ओलीको प्रस्तुत भ्रमणपछि भारतसित असमझदारी हटेको दाबी गरिएपनि  संयुक्त बक्तब्य जारी हुन सकेन् ।  भ्रमणको    मुल्यांकन नै भ्रमणपछि जारी हुँने संयुक्त विज्ञप्तिबाट गरिने परम्परा अनुरुप   यसवीचमा   संयुक्त बक्तब्य जारी हुन नसक्नु आफैमा भ्रमणको उपादेयतामाथिको अर्को ग्रहण भएको    प्रष्ट देखिएको छ भने  भ्रमणलाई सफल भएको रटान लगाउनु आफ्नो ओत आफैले ढाक्नु बाहेका अरु केही नभएको कूटनीतिज्ञहरुले बताएका छन् ।