शनिबार, बैशाख १५, २०८१

राज्यकोषको ब्रम्हलुट गर्ने एलडिओ भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा दायर

12670563_592164740932846_5261679579927701675_nकाठमाडौं माघ १९,  गत बैशाख १२ गते गएको विनासकारी भूकम्पबाट पीडितहरूको नाममा संकलन तथा खरिद भएको राहत सामग्रीहरूको खरिद एवम् वितरणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंका स्थानिय विकास अधिकारी तिर्थराज भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

anup_20150917_29स्थानिय विकास अधिकारी भट्टराईले जिवीसका लेखा अधिकृत याम नारायण शर्मा, स्टोर किपर चिरञ्जीवी खड्का सप्लायर्सहरु मिथिलेश्वर तिवारी, झम्क प्रसाद गौतम र होम प्रसाद गौतमको मिलोमतोमा भूकम्पपीडितलाई वितरण गर्नका सरकारी कोषबाट त्रिपाल खरिद गर्दा ३५ लाख ६ हजार ६ सय २६ रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको ठहर आयोगको रहेको छ ।

सरकारले भन्सार छुट सुविधा दिएर भारतबाट आयात गरेको ३ लाख २८ हजार १६ रुपैयाँ मुल्यको त्रिपाललाई ४३ लाख ७९ हजार सात सय ४५ रुपैयाँ मुल्य कायम गरि भ्रष्टाचार गरेको ठहर सहित निजहरुले त्रिपाल आपूर्ति गर्ने सप्लायर्सहरूसँग त्रिपाल खरिद नगरी विभिन्न एजेण्टहरूसँग मिलोमतो गरी निजहरू मार्फत खरिद गरेको, त्रिपाल तथा राहतजन्य सामग्रीहरूको आयातमा पारदर्शिताको सिद्धान्त विपरित मिलोमतोमा गैर कानूनी आर्थिक लाभ र कमिशन लिने वदनियतले गरेको र सोबाट नेपाल सरकारलाई रू।३५,०६,६२६।७६ हानी नोक्शानी नूनी लाभ लिने कार्य गर्ने निम्न बमोजिमका सरकारी कर्मचारी तथा व्यवसायीहरूलाई भ्रष्टाचार निवारण ऐन,  अनुसारको कसूर अपराधमा कारबाही र सजाय माग दाबी लिइ आज विशेष अदालतमा मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।