शनिबार, बैशाख १५, २०८१

सन् २०१५ मा १३५ पत्रकारको हत्या

काठमाडौं पौष २१,  स्वीट्जरल्यान्डस् स्वीट्जरल्यान्डको जेनेभामा अवस्थित पत्रकारका अधिकार निम्ति सङ्घर्षरत् प्रेस एम्ब्लेभ क्याम्पियनले सोमबार सन् २०१५ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै २०१५ मा विभिन्न ३३ राष्ट्रका १३५ पत्रकार मारिएको बताएको छ ।
8d4deeपत्रकारमाथिको सुरक्षा चुनौती सन् २०१६ मा पनि अझ विकराल रहनसक्ने प्रतिवेदनमा जनाइएको छ । गएको डिसेम्बरमा प्रकाशित भएको प्रतिवेदनलाई अद्यावधिक गरी सोमबार सार्वजनिक गरिएको उक्त रिपोर्टमा डिसेम्बर १४ पछि नयाँ वर्षको प्रारम्भसम्म नै पाँच जना पत्रकार मारिएको तथ्याङ्कमा बताइएको छ ।
सन् २०१४ मा जम्मा १३८ पत्रकारको अकालमा मृत्यु भएकोमा यस वर्ष विश्वभर तीन जना कम अर्थात् १३५ जना विभिन्न घटनामा मारिएका छन् । यो अघिल्लो वर्षको मृत्यु सङ्ख्याको दुई प्रतिशतले कमी हो । मारिएकामध्ये दुईतिहाई पत्रकार विश्वका १० राष्ट्रमा मारिएका तथ्याङ्कमा बताइएको छ ।
सन् २०१५ मा सिरियामा मात्रै १३ जना पत्रकार मारिएका छन् भने इराक र मेक्सिकोमा बराबरी सङ्ख्यामा १०÷१० जना विभिन्न झडप तथा पत्रकारमाथिको हिंसात्मक आक्रमणमा मारिएका छन् । यसैगरी फ्रान्समा नौ जना पत्रकारको अकालमा मृत्यु भएको छ भने लिबियामा आठ, फिलिपिन्समा आठ र ब्राजिलमा आठ जना मारिएका प्राप्त समाचारमा उल्लेख छ ।

भारत, दक्षिण सुडान र लिबियामा सात जनाको दरले २१ पत्रकारको अकालमा ज्यान गएको छ । यो वर्ष पत्रकारका लागि खतरा मानिएका दक्षिण सुडान र यमन यसअघि पत्रकार खासै असुरक्षित महसुस नभएका राष्ट्र हुन् । गएको १० वर्षमा पछिल्ला चार वर्ष पत्रकारका लागि असुरक्षित महसुस गरिएका वर्ष भएका छन् । पीईसीले पत्रकारमाथिको बढ्दो हिंसालाई मध्यनजर गर्दै छानबिन र विश्वसनीयताका लागि थप सशक्त संयन्त्रको निर्माण गरी घटनामा संलग्नलाई दण्डहिनताबाट उम्कन नदिन आग्रह गरेको छ । अन्नपूर्णपोष्टबाट