शनिबार, बैशाख ८, २०८१

पत्रकार खनालमाथि भएको आक्रमणको महासंंघद्दारा भत्र्सना, तत्काल दोषीको पहिचान गरि कारवाही गर्न माग

काठमाडौं पौष २४ , नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं एभिन्यूज टेलिभिजन नेपालगन्जका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि अज्ञात समूहद्वारा विहिवार नेपालगन्जको त्रिवेणीमोडमा नियमित काम सकेर घरजाने क्रममा राति करिव ८ बजे भएको संघातिक release 24 pushहमलाप्रति नेपाल पत्रकार महासंघको आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले आज जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनामा सम्लग्न दोषीको पहिचान गरी तत्काल कानूनी कारवाहीको दायरामा ल्याउन र घाइते पत्रकारको उपचार व्यवस्था मिलाउन एवंम सम्पूर्ण पत्रकार र सञ्चारसंस्थाको सुरक्षामा थप संवेदनशीलता देखाउन संबद्ध पक्षसंग माग गरको छ ।

महासंघ बाँके शाखाका अनुसार, क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि गरिएको सिसाको बोतलको प्रहारले देब्रे कोखामा गहिरो घाउ लागेको छ । यस घटनाले पत्रकारको भौतिक सुरक्षामाथिको चुनौती र प्रेस स्वतन्त्रताको अवस्थाको थप उजागर गरेको उल्लेख गरिएको छ । साथै, घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिई छानबिन गरिरहेको शाखाले जनाएको छ ।