शुक्रबार, बैशाख १४, २०८१

महासमिति सदस्य लोहनीद्दारा कांग्रेस परित्यागको घोषणा

राजसंस्था पुर्नस्थापनाको लागि सक्रिय योगदान दिने

काठमाडौँ माघ १७,  नेपाली काँग्रेसमा बिगत चार दशक भन्दा लामो समय यतादेखिसक्रिया राजनीती गर्दै आउनु भएका महासमिती सदस्य कुमुद लोहनीले कांग्रेसको १३ महादिवेशनको मुखै नजीक आएर कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ ।  नेपाली कांग्रेस परित्याग गर्नुको कारण बारे प्रश्न गर्दा वहाँले भन्नु भयो, “नेपाली कांग्रेसले आफ्नो राजनैतीक मुल्य, kuमान्यता, आदर्शलाई लत्याउँदै बिपिको डोक्ट्रिन लाइनलाई समेत् परित्याग गरेको हुँदा आफुलाई कांग्रेस समेत् भन्न हीनताबोध वहाँले भएको वताउँदै भन्नु भयो,- कांग्रेसले संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको निती र आदर्शलाई परित्याग गर्दै कम्युनिष्टहरुको गणतन्त्रवादी नितीलाई बोकेर हिंडेको पश्चिमा राष्ट्रहरुको उक्साहटमा हिन्दू राष्ट्रलाई समाप्त परेकोले आफु नेपाली कांग्रेस भित्र यथा स्थितीमा रही रहन नसक्ने भएको हुँदा नेपाली कांग्रेस परित्याग् गरेको हुँ ।

के तपाईं नयाँ शक्ती पार्टीमा व अन्य कुनै राजनैतीक पार्टीमा प्रवेश गर्नु हुन्छरु” भन्ने एक प्रश्नको जवाफमा वहाँले भन्नु भयो, “अहिले सम्म मेरो त्यस्तो कुनै सोच छैन, तर नेपालमा हिन्दू राष्ट्र र सम्बैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र स्थापनाका लागि पूर्व राजा ज्ञानेन्द्र शाहलाई आफूले बिपीको डक्ट्रिन अनुसार सहयोग गर्ने बताउँनु भएको छ ।

स्मरण रहोस, कुमुद लोहनीले यस् अघि भारतका बरिष्ट नेता र उच्च अधिकारीहरुसँग पटक पटक गोप्य भेट्घाट गरी नेपालमा सम्बैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र हिन्दू राष्ट्र पुनस्स्थापनाको पक्षमा लबिङ गर्दै आउनु भएको छ। वहाँले भारतमा मोहन भागवत, भागत सिंह खुशीयारी, बिजेपीका अध्यक्ष अमित शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,योगी आदित्यनाथ तथा भारतीय सुरक्षा प्रमुख सल्लाहकार अजित दोभाल लगायत सुरक्षासँग सम्बन्धित अन्य उच्च अधिकारिसँग गोप्य भेट्घाट गर्दै आउनु भएको छ। भारतमा वहाँले गरेको राजसंस्था पुनस्स्थापना र हिन्दू राष्ट्रको बिषय यतीबेला प्रासङिक र अर्थपूर्ण मानिएको छ। नेपाली कांग्रेसका बरिश्ट नेता शेर बहादुर देउबाले पनि यतीबेला आएर नेपालमा हिन्दू राष्ट्र पुनस्स्थापनाकालागी पहल गर्ने सार्वजनिक अभिव्यक्ती दिनु भएको छ। लोहनी नेपाली कांग्रेस भित्र देउबा निकट मानिनु हुन्थ्यो । वहाँ लामो समय सम्म बिपी कोइराला र गिरिजाप्रसाद  कोइरालासँगै बसेर काम समेत गर्नु भएको थियो।