बिहिबार, बैशाख १३, २०८१

न्यू जयलक्ष्मी गहनागृहको ठगीविरुद्ध उजुरी

काठमाडौँ माघ १७, काठमाडौँको न्यूरोडमा रहेको श्री न्यू जयलक्ष्मी गहना गृहले ठगी गरेको भन्दै ग्राहकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागलगायतको सरकारी निकायमा उजुरी गरेको प्रमाण प्राप्त भएको छ । उक्त गहना गृहले fgfgज्याला, जर्ती, तौल र गुणस्तरमा ठगी गरेको र अवैधरुपमा सुन बन्धक राखी सयकडा ४० प्रतिशतसम्म ब्याज लिने गरेको भन्दै सम्बन्धित निकायलाई तत्काल उसको ठगीधन्दा रोकी कानुनबमोजिम कारवाहीको लागि उजुरी परेको प्रमाण प्राप्त भएको छ । पीडित ग्राहकहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागलगायतका निकायमा हालेको उजुरीमा आपूmहरु तौल र गुणस्तरमा ठगिएको थाहा पाएपछि श्री न्यू जयलक्ष्मी गहना गृहका मालिक विजयराज बराइलीलाई गुनासो राख्दा अरु गहना पसलको कुरा नसुन्नु भन्दै

धम्काएको र उनले यो विषय अन्यत्र सार्वजनिक गरे दलित समुदाय उचालेर उठिबास लगाइदिने धम्काएको उल्लेख गरिएको छ ।
पीडितहरुले सम्बन्धित निकायहरुमा गरेको उजुरीमा उक्त गहना गृहका मालिक विजयराज बराइली सर्वसाधारण जनता ठग्ने, राजस्व ठग्ने र सुन तस्करीमा समेत संलग्न भएको भन्दै उनले अकुत सम्पत्ति आर्जन गरेकाले तत्काल छानबिन गरी कारवाही गर्न माग गरिएको छ । पीडितहरुले आफ्नो जिउधनको सुरक्षाको खातिर नाम र ठेगाना गोप्य राखिदिन अनुरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा पेस गरेको निवेदन जस्ताको तस्तै यहाँ समावेश गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031