बुधबार, बैशाख २६, २०८१

काठमाडौंमा आतंकवादीको खोजीमा भारतीय गुप्तचर सक्रीय,पाकिस्तानमा मौलाना मसूद गिरफ्तार

जामे मस्जिद आतंकवादीहरुको अखडा बन्दै छ

सुनिल शर्मा/काठमाडौं

भारतको पठानकोट स्थित सैनिक एयर बेस क्याम्पमा आतंकवादी हमला गराउने जैश ए मोहमदका आतंकवादी नेता मौलाना मसूद अज्हरलाई आज पाकिस्तान प्रहरीले पक्राउ गरेको छ र जैश ए मोहमदको कार्यालयमा प्रहरीले छापा मारी सीलबन्दी गरेको छ। मौलाना मसूद Cअज्हरलाई पाकिस्तानी गुप्ताचर संस्था आइ एस् आइ को सँरक्षण रहँदै आएको छ।  मौलाना मसूद यस अघि भारतमा १३ वर्ष जेल जीवन बिताएपछी उनलाई आइ एस् आइ को सहयोगमा जैश ए मोहमदका आतंकवादीले काठमाडौंबाट ईण्डियन एयर लाइन्सको जहाज अपहरण गरी अफ्गानिस्तानको कन्धार पुर्याएर मौलाना मसूद अज्हरको रिहाइ पछाडि हाइज्याक गरेको ईण्डियन एयर लाइन्स छोडेको थियो।जैश ए मोहमद त्यो संगठन हो जो अलकाइदासँग आवद्ध संगठन हो। मौलाना मसूद अलकाइदाका आतंकवादी नेता ओसामा बिन लादेनलाई र उनको पथलाई पछ्याउदै आएका छन्। पाकिस्तानमा भारत विरुद्ध यस्ता थुप्रै आतंकवादी संगठनलाई पाकिस्तानी गुप्तचर संस्था आइ एस् आइ र त्यहाँको पाकिस्तानी सेनाले सहयोग पुर्याउँदै आएको छ। अल्कायदा पछाडि जैश ए मोहमद अहिले दोस्रो नम्बरको आतंकवादी संगठन बनेको छ।

यसको सञ्जालल हाल नेपालमा र राजधानी काठमाडौंमा मजबूत रहेको समाचार हिजो मात्र हामीले प्रकाशित गरेका थियौं। नेपालमा जैश ए मोहमदको भूमिगत संगठन आजाद फाउन्डेसनका नामले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भए पनि हाल यो भूमिगत छ। यो संगठनको सङ्लग्नता कट्टर मुस्लिम आतंकवादी सँग सम्बन्धि रहेको छ । काठमाडौंको रत्नपार्क स्थित जामे मस्जिद र त्यहाँ रहेको स्टार इम्पेक्स मुस्लिम आतंकवादीको गोप्य सम्पर्क थालो मानिन्छ।   पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पठानकोट हमलाको जाँच आदेश दिए पनि त्यो एउटा देखावटी नाटक मात्र हो। पाकिस्तानको सत्ता त्यहाँको सैनिक र गुप्तचर एजेन्सी आइ एस् आइ ले सन्चालन गरेको हुँदा मौलाना मसूदको गिरफ्तारीको कुनै अर्थ छैन। पाकिस्तानका पूर्व सैनिक प्रमुख पर्वेज मुसरफले पठान्कोट हमला जस्तो अरु हमलाहरु भाई रहने चेतावनी दिनुले नवाज सारीफ सरकारको छानबिन प्रकृयाको कुनै अर्थ छैन। यता भारतका सुरक्षा एजेन्सीको बीचमा आपसी तालमेल नमिल्नु पठानकोट हमला एउटा उदाहरण मात्र हो। हाल, भारतमा बिजेपीको मोदी सरकारलाई भारतीय गुप्तचर् संस्था ूरू ले असहयोग गर्ने गरेको कारण भारतकै आइ बि नामक अर्को गुप्तचर् संस्थालाई सूचना आदन प्रदान नगरनुले भारतमा अर्को ठुलो आतंकवादी हमला हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन।

हाल काठमाडौंमा लुकेर बसेका जैश ए मोहमदका ३२ आतंकवादीको खोजीमा भारतीय गुप्तचर एजेन्सीका अधिकारीहरुको एउटा ठुलै टिम काठमाडौंमा सकृया रहेको छ। त्यसलाई नेपाल प्रहरीको एन्टी(टेरोरिस्ट सेलले सहयोग गरिरहेको छ। यद्धपी, काठमाडौं स्थित मुख्य सम्पर्क सूत्रसँग भारतीय सुरक्षा एजेन्सीले सम्पर्क स्थापित गरे पनि केही विश्वासका संकटका कारण यो अपरेसन सफल हुन सकेको छैन।(बाँकी आगामी अंकमा )