बुधबार, बैशाख १२, २०८१

जैश ए महोमदको भूमिगत संगठन काठमाडौंमा, भारतमा आतंकवादी हमलाको तयारी

 

“र” को मोदी सरकारलाई असहयोग 

 सुनिल शर्मा / काठमाडौं भारतको पठानकोट स्थित भारतीय सैनिकको एयर फोर्समा केही दिन अघि मुस्लिम आतंकवादी संगठन जैश ए महोमद नामक संगठनले हमला गरेको खुलस्त भएपछी त्यसमा सङ्लग्न आतंकवादीहरुले भारतको १३ वोटा स्थानमा आतंकवादी हमला Capture 44गर्ने चेतावनी दिएका छन्। ईण्डियन अयर लाइन्सको काठमाडौंबाट जहाज अपहरणमा सङ्लग्न सो संगठनले काठमाडौंमा आफ्नो मजबूत सन्जाल स्थापित गरेको दाबी गरेको छ। पाकिस्तानमा केन्द्रीय संगठन रहेको जैश ए मोहमदको भूमिगत संगठनको काम काठमाडौंमा आजाद फौन्डसन नामक संस्थाले गर्दै आएको छ।  पाकिस्तानबाट प्रतेक १५ दिनमा धर्म प्रचारको नाममा आउने मुस्लिम धर्म गुरुहरुसँग पाकिस्तानी गुप्तचर संस्था आइ एस् आइ का ४ जना उच्च अधिकृतहरु पनि साथमा रहने गरेका छन्। पाकिस्तानबाट यसरी आउने आइ एस् आइ का गुप्तचर अधिकारीहरु भारत विरोधी मुस्लिम आतंकवादी संगठनका नेताहरुसँग सम्बन्ध र सम्पर्क काठमाडौंमा स्थापित गरी रहेका छन्। काठमाडौंको रत्नपर्क स्थित जामा मस्जिदमा रहेको स्टार इम्पेक्स मुस्लिम आतंकवादीहरुको संपर्क थलो बनेको छ। भारतको नयाँ दिल्ली, मुम्बई, राजस्थान, कर्नाटक लगायतका ठाउँहरुमा श्रृखलाबद्ध बम बिस्फोट र आत्मघाती हमला गर्ने योजना अनुरूप काठमाडौंमा ३२ जना जैश ए मोहमदका आतंकवादीहरु भूमिगत रूपमा बसेको उच्च गुप्ताचर श्रोतले जनाएको छ।

काठमाडौं स्थित भारतीय दूतावासले यस सम्बन्धी अनुसन्धानका लागि दिल्ली स्थित”र” र “अाइ बि” उच्च अधिकारीहरुसँग छलफल गरीरहेको छ। जैश ए महोमद नामक संगठनले भारतमा आतंकवादी हमला मात्र होइन ईण्डियन एयर लाइन्स फेरी अपहरण गर्न सक्ने र भारतमा थुनामा रहेका आफ्ना नेताहरुलाई छुटाउन प्रयत्न गर्ने छ। नेपालको बिग्रदो राजनीतिक अवस्था, खुल्ला सिमाना र कम्जोर सुरक्षा व्यवस्थाका कारण अन्तरराष्ट्रिय मुस्लिम आतंकवादी संगठनहरुले राजधानी काठमाडौंलाई आफ्नो ट्रान्जिट पोइन्ट र शेल्टर बनाइ रहेका छन्।

काठमाडौं स्थित भारतीय गुप्तचर संस्था (र) र दिल्ली स्थित (र) का अधिकारीहरुले वर्तमान भारतको मोदी सरकारलाई असफल तुल्याउन गुप्ताचरी सूचनाहरु लुकाउने गरेका छन्। एन एस् ए का प्रमुख अजित दोभाल र उनको टिम र स्वयम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (र) को गतिबिधीबाट सन्तुष्ट छैनन्। स्मरण रहोस्, भारतीय गुप्तचर संस्था (र) इन्दिरा गान्धीले स्थापित गरेको हुँदा यो संगठन भारतीय कांग्रेस आइ प्रति वफादर रहेको छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री सुश्मा स्वोराजको हत्या गर्ने योजना भारत भित्रै मुस्लिम आतंकवादी संगठन ईण्डियन मुज्जाहिदिन र जैश ए महोमद मार्फत गराउने षड्यन्त्र भइ रहेको छ। नेपाल भारत सम्बन्ध र सार्क  स्तरिय अन्तराष्ट्रिय सम्बन्धमा मोदी सरकारलाई बद्नाम गराउने ठुलो षड्यन्त्रमा भारतीय गुप्तचर संस्था (र) को हात रहेको छ। काठमाडौंमा अन्तराष्ट्रिय मुस्लिम शरणार्थीका नाममा हजारौँ संख्यामा अन्तराष्ट्रिय रूपमा मुसल्मानहरु ओइरिने क्रम जारी छ। सि आइ ए को अन्डर कभर संस्था UNHCR र कार्टर फाउनडेसनले अन्तराष्ट्रिय मुसल्मानहरुलाई भारत विरुद्ध लगानी विभिन्न एनजीओ र आइ एनजीओ मार्फत गरी रहेको छ। अब भारतमा ठुलो आतंकवादी हमला भयो भने कुनै आश्चर्य हुने छैन। (बाँकी विवरण आगामी अंकमा)