शुक्रबार, बैशाख १४, २०८१

विद्युतीय नक्सापास प्रणालीको शुभारम्भ गर्दै

काठमाडौ मार्ग २०, महानगरले शुरुवात् गरेको विद्युतीय नक्सा पास प्रणालीबाट महानगरबासीलाई शुशासनमा राहत मिल्ने बताउँदै उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले भवन निर्माण प्रक्रियामा कानुनको पालनामा सुधार आउने अपेक्षा गर्दै जनतालाई सेवा दिनका लागि नविनत्तम प्रणाली anup_20151206_2प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले विद्युतीय प्रक्रियाका बारेमा जानकारी नभएका जनतालाई पनि महानगरले सहजरुपमा सो सेवा दिनुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नु नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने पक्षमा जोड दिदै नयाँ प्रक्रिया सुरु हुनु आफैमा सकारात्मक र महत्वपूर्ण पक्ष भएको बताउँनु भएको छ ।