शुक्रबार, बैशाख १४, २०८१

पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ

काठमाडौ मार्ग १०, सूचना विभाग र नेपाल पत्रकार महासङ्घको संयुक्त सहकार्यमा सुरु गरिएको पत्रकार दुर्घटना बिमा कार्यक्रमको आज सञ्रचाग्राममा DSC_3641[1]आयोजित एक कार्यक्रमकावीच सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको छ । प्रस्तुत श्रमजीवी पत्रकार विमा कार्यक्रमको सुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री राईले पत्रकार दुर्घटना बिमा निर्देशिका २०७० बमोजिम सूचना विभागबाट जारी गरिएको प्रेस पास र नेपाल पत्रकार महासङ्बाट सदस्यताप्राप्त गरेका ५५४ जना पत्रकारको पहिलो चरणको पत्रकार बिमा आजदेखि लागू भएको घोषणा गर्नु भएको हो ।