आइतवार, बैशाख २३, २०८१

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं मार्ग ९ , घर शान्ति नै विश्व शान्तिको आधार :पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ आजदेखि सुरु लैङ्गिक हिंसा विरुद्धको १६ अभियान सुरु भएको छ । प्रस्तुत अभियान अन्तर्गत आज बिहान राजधानीको भृकुटीमण्डपबाट महिला अधिकारकर्मी सघंसस्थाले विभिन्न नारा लेखिएका  प्लेकार्डसहित हिंसा अन्त्यको माग गर्दै प्रभातफेरि निकालेका छन् ।

आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य :राष्ट्रपति

यसैवीच महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा नयाँ संविधानले महिलाका हकअधिकारलाई सुदृढ गर्ने प्रयास गरेको र यसबाट नेपाली महिलामा हौसला बढेको बताउनुभएको छ । जनताको वर्षौं पुरानो आकाङ्क्षा नेपालको संविधान २०७२ जारी भएपछि पूरा भएको छ । अब हामी मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै अघिबढ्ने चरणमा प्रवेश गरेका छौँ’’, राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘‘नयाँ संविधानमा समाविष्ट सबै क्षेत्र र समुदायका जनताका हकअधिकारहरू कार्यान्वयन गर्दै अघिबढ्नु परेको बताउँदै सन्देशमा उहाँले जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला सामाजिक, आर्थिक, साँस्कृतिक लगायतका विभेदमा पारिएको यथार्थ सबैमा अवगत नै छ । यसै पृष्ठभूमिमा घर, समाज तथा सिङ्गो मुलुकको विकासका निम्ति आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य रहेको बताउँनु भएको छ । फोटो  साभार:  khadakaslami.blogspot.com