बिहिबार, बैशाख २७, २०८१

पत्रकारमाथिको आक्रमणप्रति विरोध, प्रेसलाई आतङ्कित बनाउने कार्यको तीव्र भत्र्सना

 काठमाडौ मार्ग ४, समाचार सङ्कलनका क्रममा टेलिभिजन पत्रकार इरफान अलीमाथि संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेकोप्रति नेपाल पत्रकार release mansir 4महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीरगन्जको घन्टाघरबाट गत मार्ग २ गते मसाल जुलुसको दृश्य लिइरहेको अवस्थामा आन्दोलनकारीले पत्रकार भनेर गाली गर्दै बलिरहेको मसाल झोसेर पत्रकार अलीलाई घाइते बनाएकाले यस्ता कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई महासङ्घले आग्रह गरेको छ ।

महासंघका महासचिव उजिरमगरद्दारा आज जारी विज्ञप्तिमा नागरिकलाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका पत्रकारमाथि आन्दोलनका नाममा भएको यो घटना आफैँमा हिंस्रक र अशोभनीय छ । महासङ्घ प्रेसलाई आतङ्कित र हतोत्साहित बनाउने यस्तो कार्यको तीव्र भत्र्सना गर्दछ । र घटनाको छानबिन, दोषीमाथि कारबाही र प्रेसलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।