मङ्लबार, बैशाख ११, २०८१

गोरखापत्र व्यवस्थापनको क्रियाकलाप निन्दनीय रहेको युनियनको ठहर

महासंघबाट प्रस्तुत मुद्धामा ठोस पहल नभएकोमा युनियन थप गम्भीर

काठमाडौं मार्ग ३, गोरखापत्र दैनिकमा विगत नौ वर्षदेखि कार्यरत नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एवम गोरखापत्र प्रतिष्ठान शाखाका कोषाध्यक्ष सीताराम sitaram-bilasi-press-realeseविलासीले संस्थानमा अस्थायीरुपमा कार्यरत श्रमजीवी पत्रकारको पेशागत हितका लागि नेतृत्व गरेको बहानामा विलासीलाइ गत कात्तिक महिनाबाट म्याद थपको पत्र नदिएको घटना प्रति नेपाल प्रेस युनियनखे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी प्रेस विज्ञप्तिमा गोरखापत्रका २३ जना श्रमजीवी पत्रकारहरुले आफ्नो पेशागत स्थायित्वका लागि नेपाल पत्रकार महासंघको लिगल डेक्समार्फत सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सोही प्रसंगमा विलासीले फेसबुकमा लेखिएको व्यक्तिगत विचारलाई बहाना बनाएर म्याद थप नगरिएको पीडितको गुनासो रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वषौंदेखि काम गर्दै आएका श्रमजीवी पत्रकारहरुलाई स्थायी गर्नुपर्नेमा विभिन्न बहानामा हतोत्साही गर्ने, म्याद थप नगर्ने जस्ता कार्य गोरखापत्र व्यवस्थापनको क्रियाकलाप निन्दनीय रहेको जनाउँदै श्रमजीवी पत्रकारलाई प्रतिशोधपूर्ण तरिकाले म्याद थप नगरि निष्काशन गर्न खोज्नु गैरकानुनी र अमानवीय कार्य भएको भन्दै प्रस्तुत सवालमा नेपाल पत्रकार महासंघ गोरखापत्र शाखाका सचिवसमेत रहेका विलासीको पेशागत सुरक्षाका लागि पत्रकार महासंघबाट नै ठोस पहल नभएको कुराले युनियनलाई थप गम्भीर बनाएको   जिकिर गरिएको छ । साथै  गोरखापत्र दैनिकका समाचारदाता विलासीलाई तत्काल म्याद थप गरी गोरखापत्रका सबै श्रमजीवी पत्रकारहरुको पेशाको सुरक्षा गर्न सूचना तथा सञ्चार मन्त्रालय र गोरखापत्र संस्थानसँग युनियन जोडदार माग गर्दै यस कदमविरुद्ध युनियन कडारुपमा प्रस्तुत हुने बाध्य हुने उल्लेख गरिएको छ।