बिहिबार, बैशाख २०, २०८१

नेपाल-भारत सम्बन्ध सुधारका लागि विशेष गोष्ठीको आयोजना हुँदै

कात्तिक २१,अर्जुन खनाल /नयाँ दिल्ली  IMG-20151107-WA0001बिगत लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा आम नेपालीले खेप्नु परेको समस्यालाइ मध्यनजर गर्दै जति सक्दो चाडो दुई देशवीचको सम्बन्धमा देखा परेको समस्यालाइ सम्बोधन गर्दै सुमधुर बनाउँने उद्देश्यले मधेसी मैत्री केन्द्र नेपालले नेपाल भारत सम्बन्ध ,समस्या समाधान विषयक विशेष बिचार गोष्ठीको आयोजना गर्न लागेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

भारतको राजधानी दिल्लीमा सोमबार आयोजना गरिने उक्त कार्यक्रममा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यय ,भारतका विभिन्न राजनीति दलका नेता ,भारतमा रहेका नेपाली राजनीतिक दलका प्रमुख ,विभिन्न संघ ९संस्था ,समाजसेवीको उपस्थित हुने र मधेसी र पहाडियावीच उत्पन्न मतभेदलाई अन्त्य गरि एकआपसवीचको विद्यमान एकतालाई थप मजवुत बनाउँनु रहेको अन्तराष्ट्रिय हिन्दू जनजागरण तथा गौ रक्षा अभियान नेपालका अध्यक्ष चक्रदेव जोशीले बताउँनु भएको छ।

त्यस्तै नेपालमा संविधान जारीभएपछि दुई देश बिच देखिएको अन्तर द्वन्द निरुपण गर्दै जति सक्दो चाडो समस्याको हल गरिनु पर्छ नेपाली जनताले अब थप कष्ट भोग्नु हुदैन भन्दै कार्यक्रमका आयोजक तथा नेपाल भारत सनातन हिन्दु धर्म संरक्षण मञ्चका अध्यक्ष किशोरी महतोले जानकारी गराउनु भएको छ ।कार्यक्रमको अन्तिम तयारी भएको बताईएको छ । त्यस्तै कार्यक्रम संयोजक अधिवक्ता धुर्ब कुमारले गर्नुभएको उल्लेख गरिएको छ।