शनिबार, बैशाख १५, २०८१

सांसद गोल्छाको चन्दा प्रकरणमा अख्तियारको छानबिन सुरु

काठमाडौं कात्तिक १४,   विभिन्न नेता तथा व्यक्तिलाई करोडौँ रुपैयाँ दिएको अभिव्यक्ति दिने एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग akthar3अनुसन्धान आयोगले छानबिन गर्ने भएको अवर आजको नयाँ पत्रिकाले सागर पण्डितको वाइलाइनमा प्रकाशित गरेको छ ।
प्रकाशित खवरमा अख्तियारले करोडौँ रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि गम्भीर छानबिन गर्ने भएको हो । गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि मात्रै पत्रकार सम्मेलन गरेर एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौँ रुपैयाँ दिएको तथ्य सार्वजनिक गरेकी थिइन् । उनले एमाले पार्टी, नेता र कार्यकर्ताको नाममा आफूले सात करोडभन्दा बढी रकम खर्चेकोसमेत आरोप लगाउँदै आइरहेकी छिन् । अख्तियारले गोल्छासँग रकम लिएका भनिएका एमाले नेता तथा कार्यकर्तामाथि समेत छानबिन गर्नेछ । सांसद गोल्छाले अनियमित किसिमले करोडौँ रुपैयाँ वितरण गरेकाले उनले सो रकम कसरी र कुन स्रोतबाट आर्जन गरिन् भन्ने सम्बन्धमा छानबिन हुने अख्तियार स्रोतले जानकारी दिएको छ ।

अख्तियार स्रोतका अनुसार सांसद गोल्छा र उनको सम्पत्ति तथा उनले आर्थिक सहयोग दिएको भनिएका सबै व्यक्ति छानबिनको दायरामा आउनेछन् । ‘गोल्छाले एमाले पार्टी र नेता–कार्यकर्तालाई सात करोड दिएको बताएकी छिन्, उनले त्यति धेरै रकम कहाँ र कुन स्रोतबाट ल्याइन्, सबै अनुसन्धान हुन्छ,’ अख्तियार स्रोतले भन्यो । गोल्छा र उनले रकम दिएका भनिएका सबै व्यक्तिमाथि छुट्टाछुट्टै छानबिन र अनुसन्धान हुने अख्तियारको भनाइ छ । रकम दिएको पुष्टि भएमा रकम लिने व्यक्तिमाथि समेत थप छानबिन र कारबाही हुने अख्तियारले जनाएको छ ।

यस्तो थियो राज्यलक्ष्मीको दाबीगोल्छामाथि छानबिनका लागि अख्तियारले सिडिई गोविन्दबहादुर श्रेष्ठ र वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भरत शर्मालाई अनुसन्धान अधिकृत तोकेरै छानबिन प्रक्रिया थालेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले एमाले सांसद गोल्छालाई अख्तियारमा उपस्थित भएर बयान दिन पत्र काटिसकेको छ । ‘सम्भवतस् आइतबार नै सांसद गोल्छा बयानका लागि अख्तियार आउनेछिन्,’ अख्तियार स्रोतले नयाँ पत्रिकासँग भन्यो । अख्तियारले करोडौँ रुपैयाँ दिने स्रोत के हो र क–कसलाई कति–कति रकम दिएको हो, त्यस सम्बन्धमा गोल्छासँग बयान लिइने तयारी गरेको हो । विभिन्न राजनीतिक दल र तिनका नेताहरूले विभिन्न व्यापारिक घरानासँग सहयोग र चन्दाका नाममा लाखौँ रुपैयाँ लिने गरेको भए पनि यो कुरा बाहिर आउने गरेको थिएन । व्यापारिक घरानाहरूले पनि आफूले सहयोग रकम दिएकोबारे खुलाउने गर्दैनथे, तर गोल्छाले भने आफूले एमाले र तिनका नेताहरूलाई रकम दिएको बताउँदै आइरहेकी छिन् । एमालेले गोल्छालाई दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक कोटाबाट सभासद् बनाएको थियो । प्रधानमन्त्रीको निर्वाचनमा पार्टीका उम्मेदवार केपी शर्मा ओलीलाई भोट हाल्न नआएपछि गोल्छालाई एमालेले सांसद पदबाट राजीनामा दिन दबाब दिइरहेका वेला गोल्छाले एमाले पार्टी र तिनका नेताहरूलाई सहयोगस्वरूप सात करोड दिएको सार्वजनिक गरेको उल्लेख  गरिएको छ।