बुधबार, बैशाख १९, २०८१

प्रम ओलीले आज मन्त्रीपरिषद विस्तार गर्ने

राजमोका  अध्यक्ष चित्रबहादुर केसी तथा बहुजन समाजवादी पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान पनि सरकारमा सहभागी हुँने

काठमाडौं कार्तिक १, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्दैहुनुहुन्छ । एमाओवादीले मन्त्रीका लागि आफ्नो पार्टीबाट नाम टुंगो लगाएपछि आज मन्त्रिपरिषद विस्तारको कार्यले मुर्तता पाउँन लागेको हो । एमाओवादीले टोपबहादुर रायमाझीको नृेतत्वमा सरकारमा जाने व्यक्तिको नाम आज  विहान पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई बुझाउने तयारी रहेको सम्वद्धस्रोतले जनाएको छ ।

त्यस्तै स्रोतका अनुसार एमाओवादीले गृहमा शक्ति बस्नेत, शिक्षामा अग्निप्रसाद सापकोटालाई पठाउने तयारी गरेको थाहा भएको छ । त्यस्तै यस पटक राजमोका अध्यक्ष चित्रबहादुर केसी तथा बहुजन समाजवादी पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान पनि सरकारमा सहभागी हुँने तयारीमा रहेको बुझिएको छ।
तर सत्ताको नेतृत्व गर्दै आएका एमालेले भने आन्तरिक विवादका कारण आफ्नो पार्टीबाट कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने तय गरिसकेको छैन ।