बिहिबार, बैशाख २०, २०८१

पुनःनिर्माणका् कार्य कहिले ?

प्राधिकरणमा हाम्रो मान्छे होइन,राम्रो मान्छेको नियुक्त गर्न् : सांसदहरूको जोड

काठमाडौ आश्विन १७,  गत बैशाख १२ गते गोरखाको बारपार्कलाइ केन्द्रविन्दु बनाउँदै गएको महाभूकम्प छ महिनाको समय व्यतित भइसक्दा पनि महाभूकम्पपीडित जनतालाई प्रभावकारी रुपमा राहत उपलब्ध गराउन नसकिएको र पुनःनिर्माण अगाडि बढ्न नसकेको भन्दै सांसदहरूले गुनासो गर्नुभएको छ ।

DSC_0051राजधानीमा शनिवार प्रकोप जोखिम न्यूनीकरणका लागि राष्ट्रिय अभियानले ललितपुरमा आयोजना गरेको अन्तक्र्रियामा बोल्ने अधिकांश सांसदहरूले पुनःनिर्माणसम्बन्धी विधेयक लामो समयसम्म संसद्मा विचाराधीन हुँनु र गठित पुनःनिर्माण प्राधिकरणले काम गर्न नसक्दा जनतामा निराशा पैदा भएको बताएका छन ।

भूकम्पको उच्च जोखिममा नेपाल रहेकाले कुनै पनि समयमा भूकम्प आउन सक्ने भएकाले सरकारले भूकम्प प्रतिरोधी घर तथा आवास निर्माण गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने तथा भू–उपयोग नीति ल्याएर कुन स्थानमा घर तथा आवास बनाउने भन्ने सवालमा आवश्यक चेतनाको प्रवाह गर्दैै गर्दै पुन निर्माणनका लागि प्राधिकरणमा तत्काल राजनीतिक नियुक्तिभन्दा पनि सम्बन्धित क्षेत्रको विज्ञ त्यो पनि हाम्रो मान्छे होइन , राम्रो मान्छेको नियुक्त गर्न पनि सुझाव दिईएको थियो ।

प्रस्तुत कार्यक्रममा सांसदहरू प्रेमबहादुर सिंह, रामनारायण बिडारी, तारणीदत्त चटौत, गुरुप्रसाद बुर्लाकोटी, अनन्त पौडेल, कृष्णभक्त पोखरेल र विश्वविद्यालय भूगर्भशास्त्रका प्राध्यापक डा रञ्जनकुमार दाहाललगायतले भूकम्प गएको लामो समय भइसक्दा पनि विभिन्न बहानामा पुनःनिर्माणको काम हुन नसकेकामा आपत्ति प्रकट गर्नुभएको थियो ।