शनिबार, बैशाख ८, २०८१

सम्बद्ध निकायलाई जारी नाकाबन्दी हटाउँन निर्देशन

नाकाबन्दी खुलेपछि  सीमा नाकामा  आजदेखि आपूर्ति सहज बन्दै

  आज बिहानैबाट डिजेल, पेट्रोल  र ग्याँस बोकेका गाडी सहजरुपमा भित्रिदै

काठमाडौं आश्विन १७, संविधान सभाबाट दुइतिहाइ बहुमतबाट पारित भएको नेपालको संविधान जारी भए लगत्तै एकातर्फ यो वा त्यो कोणबाट विमति जनाउँदै तराइ केन्द्रीत मधेसीदलको आन्दोलन र अर्कोतर्फ मधेसीदलको भावनाको उपेक्षा लगायतका अनेकन कारण देखाउँदै भारतले नेपाललाई सुरु गरेको अघोषित  नाकाबन्दीका कारण नेपालमा इन्धन आपुर्तिको सवालमा हुँदै आएको असहज परिस्थिती आजबाट सहजउन्मुख हुँने भएका छन ।

भारतीय नाकाबन्दीको चौतर्फी विरोध पछि शुक्रवार प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री नरेन्द्र मोदी र त्यसपछि नेपालका लागि भारतीय राजदुत रञ्जित रायवीच भएको छलफल त्यस्तै गरि यसवीचमानै दुइ देशवीचको सम्बन्धनलाइ थप मजवुत बनाउँन विभिन्न तह र तप्कामा भएको उच्चस्तरीय भेटवार्ता पछि भारतीय विदेश मन्त्रालयले सरोकारसम्बद्ध निकायलाई जारी नाकाबन्दी हटाउँन निर्देशन दिएको थाहा भएको  छ । मन्त्रालयको निर्देशन पछि सिमामा जारी अवरोध क्रमस सहज हुँनुको अलावा आज बिहानैबाट डि जेल, पेट्रोल र ग्याँस बोकेका गाडी आउन सहजरुपमा भित्रिन थालेको थालेका हाम्रा सहकर्मीहरुले जनाएका छन ।

यद्यपी सबै नाका सुचारु हुने अवस्था भए पनि स्थिति पूर्ववत रुपमा सहज बन्न अरु केही दिन लाग्ने देखिएको छ भने त्यसपछि इन्धन सहजरुपमा पाउन सक्ने भएको छ ।  त्यसो त राजदूत रायले प्रम कोइलालाई सोमवारबाट विगतकै जस्तै इन्धन आपुर्तिलाइ निरन्तरता दिइने जानकारी दिनुभएको थियो ।