शुक्रबार, बैशाख १४, २०८१

संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार: अध्यक्ष प्रचण्ड

काठमाडौ आश्विन १६, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दिनमा एमाओवादीलाई एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।  त्यस्तै विभिन्न खेमामा विभक्त माओवादी आन्दोलनलाई prachanda-baएकताबद्ध बनाउन आफूहरूले हदैसम्मको प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले पार्टी परित्याग गर्नुभएका डा बाबुराम भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन त्यस अवसरमा आग्रह समेत गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा उहाँले अव मुलुकमा जारी नयाँ संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने बताउदै प्रमुख तीन दलको बीचमा संविधान कार्यान्वयन गर्ने चरणसम्म मिलेर जाने सहमति लाइ हदैसम्म लचक भएर पालना गर्नुपर्नेमा जोड दिनु भएको उल्लेख गरिएको छ सबैलाई आग्रह गर्नुभयो । साथै नेपाल र भारतबीच देखिएको विद्यमान तिक्तताप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले ले नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल राष्ट्रियताको पक्षमा प्रतिबद्ध रहेको छ भन्दै नेपालको स्वार्थ विपरित कोही कसैले पनि गलत गतिविधि सञ्चालन गर्न नसक्ने अभिमत प्रकट गर्नु भएको थियो ।

प्रशिक्षणमा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।