शनिबार, बैशाख २२, २०८१

आजबाट जोर विजोर प्रणालीमा कडाई गर्दै

काठमाडौ आश्विन १४,  मुलुकमा सुरक्षा चेकजाँचको नाममा भारत सरकारले अघोषित नाकाबन्दीका कारण मुलुकमा भइरहेको इन्धन अभावलाई मध्यनजर गर्दै docट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई आजबाट कडाई साथ लागू  गर्ने भएको  छ  ।

इन्धन अभावका कारण सरकाले कोटा प्रणाली लागु गर्दै जोरविजोर प्रणाली लागू गरेको हो । यद्यपी जोरविजोर प्रणालीमा पनि केहि समस्या देखिन थालेपछि महानगरीय ट्राफिक महाशाखाले अस्पताल, पर्यटक, विद्यालय, सञ्चार गृह, दूध, खानेपानी, खाद्यान्नलगायतका सवारी साधनबाहेक अरू साधनमाथि आजबाट कडा अनुगमन गर्ने तयारी गरेको बुझिएको छ । त्यस्तै बुधवारनै सरकाले आजबाट निजी क्षेत्रका सवारी साधनबलाइ इन्धन नदिने निर्णय गरेको छ ।