बिहिबार, बैशाख १३, २०८१

परिवारदल द्दारा अन्र्तराष्ट्रिय सन्धी विपरित जारी भारतीय नाकाबन्दीको विरोध

मधेसमा आन्दोलनरत दलको जायज मागलाई  सम्बोधन  प्रमुख तीन ठूला दललाई आग्रह

काठमाडौ आश्विन १४,  नेपाल परिवार दलले नेपालको भौगोलिक अखण्डता, सावभौमसत्ता ,स्वतन्त्रतालाई अक्षुण राख्र्दैे मधेसमा आन्दोलनरत दलको जायज मागलाई तुरुन्त सम्बोधन गर्न प्रमुख तीन ठूला दललाई आग्रह गरेको छ । त्यस्तै अन्र्तराष्ट्रिय सन्धी सम्झौताको मान्यता विपरित भारतले अघोषित रुपमा 12011177_639441192863676_188660950229771_nनेपालमाथी यो वा त्यो बहानामा गरेको नाकाबन्दीको समेतको चर्को विरोध गर्दै देशमा भइरहेको वर्तमान असहज अवस्थाको अन्त्य गर्न नेपाल र भारत सरकार दुवैले इमान्दारीपूर्वक आपसी छलफल गरी अहिलेको जटिलतालाई यथासम्भव चाँडो सम्बोधन गर्न जारी विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

त्यस्तै गरि विज्ञप्तिमा नयाँ संविधानको घोषणासँगै सिर्जना भएको असहज परिस्थितिका कारण मुलुकमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुको नियमित आपूर्तिमा बाधा व्यवधानँनुको अलावा खासगरी दैनिक मजदुरी गरी जीवन निर्वाह गर्ने निम्नवर्गीय समुदायमा प्रत्यक्ष प्रभाव पर्न गएकोमा परिवारदलले सबै नेपालीहरुलाई संयमित हुन आग्रह गर्दै भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि चीनसँग औपचारिक रुपमा आग्रह गर्न सरकारलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।