बिहिबार, बैशाख २७, २०८१

३ वटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट नेपाल भित्रियो

रुपन्देही आश्विन १३, नेपाल र भारतका भन्सार अधिकृतबीच सुनौलीमा भएको सहमतिपछि रुपन्देहीको बेलहिया नाका भएर आज दिउँसो ग्यास र पेट्रोल नेपाल भित्रिएको बुझिएको छ । दुइ देस वीचको भन्सार प्रमुखको सहमति अनुरुप १२ वटा टयाङ्कर (पेट्रोल र डिजेल) तथा चारवटा ग्यास बुलेट छाड्ने सहमति भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । आज साझँसम्ममा ३ वटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट  भारतीय नाका सुनौली हुँदै नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाएको छ ।

 यसैवीच नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहँु, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री लोड भएको   मालबाहक सवारीसाधन भित्रिने क्रम जारी रहेको  पनि समाचारमा उल्लेख गरिएको  छ ।