शनिबार, बैशाख ८, २०८१

महानिर्देशक सुवेदी उमेर किर्ते प्रकरणमा, आश्विन १५ देखि अवकाश हुँदै

काठमाडौ आश्विन १३,  वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले शुक्रबारदेखि अवकाश लिनुहुने भएको छ । कीर्ते उमेर प्रकरणमा सामान्य प्रशासन मन्त्रालयले गरेको छानबिनको क्रममा दोषी देखिएपछि साविक उमेर हदअनुसार नै सुवेदीलाई सरकारले आश्विन १५ देखि लागू हुनेगरी अवकाशपत्र दिएको थियो ।  तर सहसचिव सुवेदीले गत आश्विन ६ गते मन्त्रालयको उक्त छानविन विरुद्ध उमेर हद अनुसार अझै तीन वर्षको पदावधि भएको जिकिर सहित Bhartraj-subedi91सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

त्यस्तै सुवेदीले मोरङबाट २०३२ सालमा लिएको नागरिकतामा उहाँको जन्ममिति २०१४ साल असोज १५ उल्लेख छ तर उहाँको कानुन किताब खानामा सच्याएर जन्ममिति २०१७ साल असोज १५ बनाए पनि रिट निवेदकको मुद्धामा सुनवाइ गर्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज दिएको आदेशमा पनिका सानोठिमी र पाटन संयुक्त क्याम्पसको पत्रबाट महानिर्देशक सुवेदीको जन्ममिति २०१४ साल असोज १५ गते उल्लेख भएको तर २०१७ साल असोज १५ गते जन्ममिति पुष्टि गर्ने आधार छुटै देखाउन नसकेको उल्लेख गरिएको छ।
निजामती सेवाको ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार जागिरबाट अवकाश लिनुपर्ने प्रावधान अनुरुप अवकाश पाउँने भएको हो ।