शनिबार, बैशाख १५, २०८१

भाद्र मसान्त भित्र नयाँ संविधान: संविधानसभाध्यक्ष नेम्वाङ

काठमाडौ भाद्र २४, संविधानसभाध्यक्ष सुवास नेम्वाङले आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै भाद्र मसान्तभित्र मुलुकले नयाँ संविधान पाउने बताउनुभएको छ । अध्यक्ष नेम्वाङले आजको download (9)बैठक पछि संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको जारी दफाबार छलफलमा शीर्ष नेतासहित कूल १० सभासद्ले भाग लिएपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने जानकारी दिदै यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँले विधेयकमा कूल ५४ संशोधन प्रस्ताव प्रस्तुत भएका छन् । ती प्रस्ताव फिर्ता नलिइए ध्वनि मतका आधारमा स्विकृत वा अस्विकृत गरिने जनाउँ सहित आइतबारसम्ममा संविधान जारी गर्ने मिति स्पष्ट गरिने यसैको लागि शनिबार पनि बैठक चल्ने उहाँले बताउनएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  साथै संशोधन प्रस्तावबारे ध्वनि मतका लागि दुई दिनको समय सिमा दिइने र त्यसपछि विधेयकको प्रत्येक धारा पारितका लागि मतदान प्रारम्भ गरिने बताउँनु भएको छ ।